४ आश्विन २०८३, आइतबार | September 20, 2026

विद्यार्थी आन्दोलन तीव्र बनेपछि धनगढीमा निषेधाज्ञा



धनगढी । बालिकालाई च्यापेर  मार्ने ग्रेडर चालकलाई कारबाहीको माग गर्दै सुरु भएको विद्यार्थीको आन्दोलन तीव्र बनेपछि जिल्ला स्थानीय प्रशासनले धनगढीमा निषेधाज्ञा लगाएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीले बिहीबार राति ७ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाद्वारा जारी गरिएको निषेधाज्ञा प्रशासनले धनगढीको पुरानो फुलबारी बसपार्कदेखि रातो पुलसम्म तथा सामुदायिक प्रहरी केन्द्र हसनपुरदेखि वडा नम्बर १ र २ स्थित हुलाकी राजमार्गसम्म  लागू गरिएको छ ।

निषेधाज्ञाको समयमा ५ जना भन्दा बढी व्यक्ति एकै साथ आवतजावत, भेला, घुमफिर गर्न र सवार चालाउन पाउने छैनन् ।

बिहीबार बिहान कालिका कन्स्टक्सनको ग्रेडरले हसनपुरमा ठक्कर दिँदा पञ्चोदय माविमा कक्षा ८ मा अध्ययनरत १५ वर्षीय चेतना साउदको मृत्यु भएको थियो । ग्रेडरले बालिकालाई टक्कर दिएपछि ब्याक गरेर मारेको भन्दै बिहानैदेखि विद्यार्थी आन्दोलित बनेका थिए ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहिबार  ८ : ४७ बजे

भोटेकोशी बाढीपीडितको उद्धार र पुनर्स्थापनामा गम्भीर हुन सरकारलाई रास्वपाको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा

प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान

काठमाडौं । प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा ‘चाइना फोरम अन इन्टरनेशनल

बाढी प्रभावितलाई चिनियाँ सहयोग

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावितहरूलाई दैनिक उपभोगका अत्यावश्यक सामग्री प्रदान

भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५१ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबार १४स्००

एकलैनी बजारबाट ३५ ग्राम बढी ब्राउनसुगर सहित २ दाजुभाई पक्राउ

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट ठुलो परिमाणमा ब्राउनसुगर सहित २ जना