१० चैत्र २०८२, मंगलबार | March 24, 2026

स्याङ्जा–२ मा कांग्रेसका गुरुङको अग्रता कायमै



स्याङ्जा । स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङको अग्रता कायमै रहेको छ । उनी आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) उम्मेदवार पद्माकुमारी अर्यालभन्दा दुई हजार चार सय १८ मतले अगाडि छन् ।

बिहान ६ बजे सम्मको मत गणनाअनुसार कांग्रेस उम्मेदवार गुरुङले एघार हजार नौ सय २० मत प्राप्त गर्दा एमालेकी अर्यालले नौ हजार पाँच सय दुई मत ल्याएकी छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टीकराज गुरुङले पाँच हजार एक सय ९२ मत प्राप्त गरेका छन् । कुल ७० हजार एक सय ९१ मत खसेको क्षेत्र नं २ मा हालसम्म २८ हजार पाँच सय ८३ मत गणना भएको छ ।

हालसम्म स्याङ्जाको गल्याङ नगरपालिका वडा नं ६ र ७, भिरकोट नगरपालिकाका वडा नं ५, ६, ७, ८ र ९ तथा वालिङ नगरपालिकाको १, २, ५, ६, ७, ८, ९, १०, ११, १२ र १३ गतणना सकिएको छ । वडा नं १४ को मत गणना जारी छ ।

त्यसैगरी स्याङ्जा क्षेत्र नं २ (१) मा नेपाली कांग्रेसका उम्मेदवार भोजराज अर्यालले आफ्ना प्रतिस्पर्धी एमालेका मोहन रेग्मीलाई दुई हजार छ सय ५२ मतले पछाडि पारेका छन् । अर्यालले १३ हजार आठ सय ४७ मत प्राप्त गर्दा रेग्मीले ११ हजार एक सय ९५ मत ल्याएका छन् ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  ७ : ४१ बजे

पञ्चाङ्ग तथा भित्तपात्रो प्रकाशन गर्न शुल्क तिरेर स्वीकृति लिनुपर्ने

नेपालगन्ज । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले अनुमति बिना पात्रो

ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, जवाफको प्रतीक्षामा निगम

काठमाडौं । इरानमाथि अमेरिका र इजरायलले संयुक्त रूपमा हवाई कारबाही

२३ अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । यो साता कारोबारको लगातार तेस्रो दिन नेपाल स्टक

झापामा ‘बर्ड फ्लु’ देखियो, पंक्षीजन्य वस्तु ओसारपसारमा रोक

झापा । झापाका दमक नगरपालिका र झापा गाउँपालिकामा व्यावसायिक रूपमा

यस्तो छ सभापति थापाले प्रस्ताव गरेको १५ औं महाधिवेशनको कार्यतालिका

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा सभापति गगन