१६ असार २०८३, मंगलबार | July 1, 2026

माओवादी केन्द्रसँग एकताको हल्ला निराधार : एकीकृत समाजवादी



काठमाडौं । नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकताको खबरमा कुनै सत्यता नभएको बताएको छ ।

महासचिव बेदुराम भुसालले शुक्रबार एक विज्ञप्ति प्रकाशित गर्दै माओवादी केन्द्रसँग एकताका लागि पार्टीले कुनै निर्णय नगरेको बताएका हुन् । भुसालले एकता हुने कुरा पुरै निराधार भएको दाबी गरेका छन् ।

भुसालले कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध बनाउनुपर्ने कुरामा आफूहरु सहमत भए पनि अहिले माओवादीसँग कुनै छलफल, वार्ता वा संवाद केही जिकिर गरेकाछन् ।

दुई पार्टी एकताबारे भइरहेको प्रचारप्रति ध्यानाकर्षण भएको भन्दै महासचिव भुसालले भनेका छन्, ‘यो पूर्णतः निराधार हो, यसमा कुनै सत्यता छैन ।’

विज्ञप्तिमा भनिएको छ, ‘केही दिनदेखि विभिन्न सञ्चारमाध्यममा भइरहेको नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) बीच तत्काल एकता हुँदैछ भन्ने प्रचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यो प्रचार पूर्णतः निराधार हो , यसमा कुनै सत्यता छैन। नेपाली कम्युनिष्ट आन्दोलनलाई एकताबद्द बनाउनुपर्ने आवश्यकतामा हामी प्रष्ट छौं। तर अहिले त्यसबारे निर्णय त के कुनै छलफल, वार्ता वा सम्वाद केही भएको छैन।’

 

 

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  ४ : २८ बजे

घट्यो पेट्रोल, डिजल/मट्टितेल, ग्यास र हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा

गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौँ । देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको

स्रोत नखुलेको नेपाली र भारतीय नोट सहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी