७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

माओवादी केन्द्रसँग एकताको हल्ला निराधार : एकीकृत समाजवादी



काठमाडौं । नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकताको खबरमा कुनै सत्यता नभएको बताएको छ ।

महासचिव बेदुराम भुसालले शुक्रबार एक विज्ञप्ति प्रकाशित गर्दै माओवादी केन्द्रसँग एकताका लागि पार्टीले कुनै निर्णय नगरेको बताएका हुन् । भुसालले एकता हुने कुरा पुरै निराधार भएको दाबी गरेका छन् ।

भुसालले कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध बनाउनुपर्ने कुरामा आफूहरु सहमत भए पनि अहिले माओवादीसँग कुनै छलफल, वार्ता वा संवाद केही जिकिर गरेकाछन् ।

दुई पार्टी एकताबारे भइरहेको प्रचारप्रति ध्यानाकर्षण भएको भन्दै महासचिव भुसालले भनेका छन्, ‘यो पूर्णतः निराधार हो, यसमा कुनै सत्यता छैन ।’

विज्ञप्तिमा भनिएको छ, ‘केही दिनदेखि विभिन्न सञ्चारमाध्यममा भइरहेको नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) बीच तत्काल एकता हुँदैछ भन्ने प्रचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यो प्रचार पूर्णतः निराधार हो , यसमा कुनै सत्यता छैन। नेपाली कम्युनिष्ट आन्दोलनलाई एकताबद्द बनाउनुपर्ने आवश्यकतामा हामी प्रष्ट छौं। तर अहिले त्यसबारे निर्णय त के कुनै छलफल, वार्ता वा सम्वाद केही भएको छैन।’

 

 

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  ४ : २८ बजे

प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन

शुद्ध नेपाली अर्गानिक चलचित्र हो ‘मनसरा’ : निर्देशक सुब्बा

बुटवल । जारी चलचित्रको सफलतापछि अभिनेतामा गनिएका उपेन्द्र सुब्बा एकाएक

बुटवलको एक होटलमा बाबुले गरे छोरीको हत्या

बुटवल । बुटवलको एक होटलमा बाबुले छोरीको हत्या गरेको छन

क्यानडामा विदेशी नागरिकलाइ सन् २०२७ सम्म घर किन्न प्रतिबन्ध

क्यानडा । विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको

बुटवलमा आज जितगढी विजय उत्सव मनाइँदै

बुटवल । आज बैशाख ७ गते । अर्थात बुटवलको जितगढीमा