२४ बैशाख २०८३, बिहिबार | May 8, 2026

विगतका गल्ती कमजोरी बिर्सेर राजनीतिक संवाद हुनुपर्छ : सुवास नेम्वाङ



काठमाडौं ।  नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले निर्वाचनबाट प्राप्त अभिमतलाई ध्यान दिँदै सरकार गठनलगायत सबै राजनीतिक दलसँग वार्ता र संवादका आधारमा अघि बढ्ने बताएका छन् ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेम्वाङले जनादेशअनुरुप टुङ्गोमा पुग्न विगतका सबै गल्ती कमजोरीलाई बिर्सेर सबै राजनीतिक दलसँग संवाद र छलफल सुरु गरेको जानकारी दिए।

“जनताले निषेधको राजनीतिलाई अस्वीकार गर्दै दिएको अभिमतलाई बुझेर दलहरूले एकअर्कासँग छलफल गरेर आगाडि बढ्नुपर्छ”, उनले भने, “एमाले जनताको यही सन्देशलाई आत्मसात गरेर नेपाली कांग्रेसलगायत सबै राजनीतिक दलसँग छलफल गरेर निष्कर्षमा पुग्छ ।”

राजनीति भनेको सम्भावनाको खेल भएकाले निर्वाचनपछि सरकार गठनका विषयमा विभिन्न कोणबाट विषय उठिरहेको उल्लेख गर्दै उनले सबै दलले एकअर्कामा पानी बराबार गरेर अघि बढ्ने स्थिति अहिले नभएको बताए ।

“अब त्यो चरण सकियो । हिजो कहीँकतै त्यस्तो भएको रहेछ भने पनि त्यो गल्ती कमीकमजोरी हो, त्यसलाई सच्याएर अघि बढ्नुपर्छ”, संविधानसभाका अध्यक्ष नेम्वाङले भने । उनले एमालेबाट विभाजन भई गठन भएका नेकपा (एकीकृत समाजवादी) सँग पनि सहकार्य हुनसक्ने सङ्केत गरे ।

प्रत्यक्षतर्फ कांग्रेस अगाडि भए पनि निर्वाचनको हालसम्मको परिणामले लोकप्रिय मत आफ्नो पार्टीलाई प्राप्त भएको जनाउँदै उनले हालको राजनीतिलाई सुझबुझपूर्ण ढङ्गबाट अघि लैजान जिम्मेवारीपूर्वक सबैसँग छलफल र सल्लाह गर्ने बताए ।

 

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  ५ : १३ बजे

युवकको हत्या आरोपमा सुदूरपश्चिमका तीन युवा पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको कीर्तिपुर नगरपालिका–१० पोडेटोलस्थित चिया सागर नजिक

बाढीमा फसेका यात्रु उद्धार गर्ने सशस्त्र प्रहरी टोलीको सम्मान

काभ्रेपलाञ्चोक । गत सोमबारको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण

खानेपानीमा कर छुटको कानुनी व्यवस्था गर्न माग

काठमाडौं । खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ, नेपालले खानेपानी तथा

पोखरा स्पोर्ट्स अवार्ड : मनोनयनमा परेका १२ खेलाडीको नाम सार्वजनिक

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही वैशाख ३१

मूल्य वृद्धिसँगै निर्माण क्षेत्र प्रभावित हुँदा इन्धनको खपत घट्दै

वीरगन्ज । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै निर्माण क्षेत्र प्रभावित