५ श्रावण २०८३, मंगलबार | July 21, 2026

चिना बनाउन सिकाउने पुस्तक ‘कुण्डलीप्रकाश’ सार्वजनिक



काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठका सह प्राध्यापक डा माधवप्रसाद पाण्डेयले लेखेको पुस्तक ‘कुण्डलीप्रकाश’ सार्वजनिक गरिएको छ ।

वाल्मीकि विद्यापीठ ज्योतिष विभागले आयोजना गरेको कार्यक्रममा चिना निर्माणसँग सम्बन्धित विषयवस्तु समेटिएको तीन सय २० पृष्ठको पुस्तक सार्वजनिक गरिएको हो । पुस्तक शास्त्री (स्नातक) तहका विद्यार्थीका लागिसमेत उपयोगी रहेको सो अवसरमा जानकारी गराइएको छ ।

पुस्तक विमोचन गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका निमित्त कुलपति डा जगमान गुरुङले विश्वविद्यालय, विद्यापीठले गर्नुपर्ने पुस्तक प्रकाशनको काम गरेर पाण्डेयले पूर्वीय दर्शनका लागि महत्वपूर्ण योगदान गरेको बताए । ज्योतिष विषयमा अध्ययन, अनुसन्धान गरेर पुस्तक लेख्नेक्रम बढाउनुपर्नेमा पनि उनले जोड दिएका थिए।

कार्यक्रममा विद्यापीठका पूर्वप्राध्यापकसमेत रहेका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारी, पूर्वप्राध्यापकद्वय प्रा डा ऋषिराम पौडेल र प्रा रामप्रसाद अधिकारीलाई लामो समय ज्योतिष शिक्षणमा योगदान दिएका भन्दै सम्मानितसमेत गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सम्मानित व्यक्तित्वत्रय अधिकारी, पौडेल र अधिकारी, लेखक पाण्डेय, ज्योतिष विभागका प्रमुख धनेश्वर नेपाल, सहप्राध्यापक मुरलीधर दाहाल, सहायक प्राध्यापक अमरराज ढकाललगायतले ज्योतिष विषयमा नेपाली लेखकले लेखेका पछिल्ला पुस्तक कम भइरहेका बेला सार्वजनिक भएको ‘कुण्डलीप्रकाश’ ले यसका विद्यार्थी, अध्यापक र जिज्ञासुका लागि सहयोग पुग्नेमा जोड दिएका थिए ।

ज्योतिष विद्या प्रालीले प्रकाशन गरेको पुस्तकको मूल्य रु चार सय ५९ तोकिएको छ । फलित ज्योतिष विषयमा विद्यावारिधि गर्ने डा पाण्डेय नेपालकै विद्वान हुन्। विभिन्न पत्रपत्रिकामा ज्योतिष विषयमा लेखरचना पनि लेख्ने पाण्डेयका यसअघि ‘व्यावहारिक ज्योतिष, २०५९’, ‘बेलापञ्चाङ्ग, २०६०’, ‘बृहज्जातकम्, २०६१’ पुस्तक प्रकाशन भइसकेका छन् ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  १२ : ४७ बजे

विश्वविजेता स्पेनको स्वदेशमा भव्य स्वागत, २० लाख समर्थक सडकमा उत्रिए

काठमाडौं । फिफा विश्वकप २०२६ को उपाधि जितेर स्वदेश फर्किएको

बौद्धमा एक युवतीद्वारा आत्मदाह प्रयास

काठमाडौं । काठमाडौं महानगरपालिका–६ बौद्ध गेट नजिक एक युवतीले पेट्रोल

भ्याट बिल लिने ग्राहकलाई सरकारको ‘लखपति’ योजना

काठमाडौं । सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा

पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने

काठमाडौं । विनियोजित बजेटबाट नयाँ चारपाङ्ग्रे सवारीसाधन खरिद गर्नुपर्ने भएमा

‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै

सुदूरपश्चिम । ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै जाँदा कैलालीमा