१ भदौ २०८३, सोमबार | August 17, 2026

मनाङमा शून्य लैङ्गिक हिंसा


१७ मंसिर २०७९, शनिबार  

208
Shares

मनाङ । हिमाली जिल्ला मनाङमा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा लैङ्गिक हिंसाको उजुरी परेको छैन ।

प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार साउनदेखि हालसम्म कुनै पनि लैङ्गिक हिंसाका मुद्दा परेका छैनन् । गत आर्थिक वर्षमा भने जिल्लामा तीन मुद्दा दर्ता भएका थिए । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत जिल्ला प्रशासन कार्यालयद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रजिअ आचार्यले लैङ्गिक हिंसाका उजुरी कम पर्ने जिल्लाको रूपमा मनाङ पर्ने जानकारी दिए ।

“यहाँ महिलाप्रधान समाज छ । गाउँमा घटेका कतिपय घटना गाउँघरमै मिलाउनुपर्छ भन्ने मान्यता छ”, उनले भने ।

प्रहरी नायव उपरीक्षक प्रेम सागर केसी गाउँमै मिलापत्र गर्ने र नसक्ने अवस्थामा मात्रै प्रहरीलाई गुहार्ने गरिएको बताए । “प्रहरीसम्म उजुरी एकदमै न्यून आउने गरेको छ”, उनले भने । कतिपय घटना समाजमै लुकेर रहने उनको भनाइ छ । समय समयमा यस्ता घटना उजागर गर्न, पीडितलाई न्याय, पीडकलाई कानुनी दायरामा ल्याउन प्रहरीले सचेतनाको कार्यक्रम गर्दै आएको छ ।

कार्यक्रमका सहभागीले जिल्लामा हिंसाका घटना सार्वजनिक हुन नसकेको अवस्था रहेकाले चेतना अविवृद्धिको खाँचो रहेको औँल्याएका थिए ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  २ : ४८ बजे

लुम्बिनीका मुख्यमन्त्री आचार्यले मागे विश्वासको मत

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत

सभापति रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भदौ

संसदमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको निर्देशन

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रतिनिधि

भारतीय सेना प्रमुख सेठ र प्रधानसेनापति सिग्देलबीच शिष्टाचार भेट

काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ र प्रधान

आजपनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।