१७ असार २०८३, बुधबार | July 1, 2026

‘गर या मर’को मनस्थितिमा काम गर्नुपर्ने अवस्था रहेको छ : सीके राउत



काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफुले ‘गर या मर’को मनस्थितिमा कामगर्नुपर्ने अवस्था रहेको बताएका छन् ।

शनिबार पार्टीद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राउतले जनताको अपेक्षा अनुसार आफूले ‘डू एण्ड डाई’को मनस्थितिमा काम गर्नुपर्ने अवस्था रहेको बताएका हुन् ।

सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राउतले समानता, भाईचारा र मुलुकको समृद्धिका लागि काम गर्न आफ्नो पार्टी प्रतिवद्ध भएर लागिपर्ने बताए ।

उनले जनताले आफ्नो पार्टीलाई अन्तिम आशाको नजरले हेरेको दाबी समेत गरे । ‘जनताको आशालाई निराश हुन नदिने गरी रातदिन काममा खटिने योजना बनाएको छु’ उनले भने । ‘जनताको अपेक्षा पूरा गराउनका लागि आगामी दिनमा झन बढि सहयोगको अपेक्षा गरेको छु ।’

एउटा व्यक्ति सांसद, मन्त्री वा प्रधानमन्त्री हुँदैमा केही गर्न नसकिने तर सबैको सहयोग पाए जनताको हितमा काम गर्न सकिने उनको भनाई थियो ।

अध्यक्ष राउतले जनताले दिएको सल्लाह र सुझावकै आधारमा आफ्नो पार्टी अघि बढने प्रतिवद्धता जनाए । उनले निर्वाचनमा ठूलो आशा र भरोसाका साथ आफ्नो पार्टीलाई मतदान गरेको भन्दै मतदाताहरुलाई धन्यवाद समेत व्यक्त गरे ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ३ : ५६ बजे

घट्यो पेट्रोल, डिजल/मट्टितेल, ग्यास र हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा

गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौँ । देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको

स्रोत नखुलेको नेपाली र भारतीय नोट सहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी