१७ असार २०८३, बुधबार | July 1, 2026

माओवादीको निस्कर्ष : प्रतिनिधिसभामा सोचे जति सिट आएन, प्रदेशसभा सन्तोषजनक नै

गठबन्धनको पक्षमा दृढतापुर्वक उभिने निर्णय



काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभा निर्वाचनमा सोचेजति परिणाम आउन नसकेको निस्कर्ष निकालेको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको सो पार्टीको पदाधिकारीको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले निर्वाचनमा पार्टीले सोचे अनुसार परिणाम आउन नसकेको बताएका हुन् ।

बैठकमा अध्यक्ष प्रचण्डले प्रतिनिधिसभामा निरासाजनक परिणाम आएपनि प्रदेशसभामा भने सन्तोषजनक नै परिणाम आएको बताएका थिए । ‘हामीलाई संघमा ३० सिटभन्दा बढी आउँछ कि भन्ने थियो तर आएन । हामीले सोचेभन्दा १०–१२ सिट कम आयो । कांग्रेसबाट जति भोट ट्रान्सर्फर हुनुपर्ने हो भएन । अरु स्वतन्त्र भन्नेहरू आए । अब आफ्नै पार्टी बलियो र व्यवस्थित बनाउनुको विकल्प छैन ।’ बैठकमा प्रचण्डले भनेका थिए ।

बैठकले गठबन्धनको पक्षमा दृढतापुर्वक उभिएर अगाडि बढ्ने निर्णय गरेको छ।  बैठकपछि माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराले बैठकमा मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको प्रारम्भिक समीक्षा गरिएको बताए । महराका अनुसार समीक्षामा अपेक्षा गरेअनुसारको नतिजा हासिल हुन नसकेका भन्ने सन्दर्भमा गम्भीर ढङ्गले विषयवस्तु उठेको छ । तर समग्रमा भने सबै निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएपछि मिहिन तरिकाले समीक्षा गर्ने निर्णय भएको उनले जानकारी दिए ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ८ : १६ बजे

देशभर मनसुन सक्रिय, आजदेखि धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायु सक्रिय भएसँगै आज अधिकांश स्थानमा

घट्यो पेट्रोल, डिजल/मट्टितेल, ग्यास र हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा

गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौँ । देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको

स्रोत नखुलेको नेपाली र भारतीय नोट सहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ