३ पुस २०८२, बिहिबार | December 18, 2025

माओवादीको निस्कर्ष : प्रतिनिधिसभामा सोचे जति सिट आएन, प्रदेशसभा सन्तोषजनक नै

गठबन्धनको पक्षमा दृढतापुर्वक उभिने निर्णय



काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभा निर्वाचनमा सोचेजति परिणाम आउन नसकेको निस्कर्ष निकालेको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको सो पार्टीको पदाधिकारीको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले निर्वाचनमा पार्टीले सोचे अनुसार परिणाम आउन नसकेको बताएका हुन् ।

बैठकमा अध्यक्ष प्रचण्डले प्रतिनिधिसभामा निरासाजनक परिणाम आएपनि प्रदेशसभामा भने सन्तोषजनक नै परिणाम आएको बताएका थिए । ‘हामीलाई संघमा ३० सिटभन्दा बढी आउँछ कि भन्ने थियो तर आएन । हामीले सोचेभन्दा १०–१२ सिट कम आयो । कांग्रेसबाट जति भोट ट्रान्सर्फर हुनुपर्ने हो भएन । अरु स्वतन्त्र भन्नेहरू आए । अब आफ्नै पार्टी बलियो र व्यवस्थित बनाउनुको विकल्प छैन ।’ बैठकमा प्रचण्डले भनेका थिए ।

बैठकले गठबन्धनको पक्षमा दृढतापुर्वक उभिएर अगाडि बढ्ने निर्णय गरेको छ।  बैठकपछि माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराले बैठकमा मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको प्रारम्भिक समीक्षा गरिएको बताए । महराका अनुसार समीक्षामा अपेक्षा गरेअनुसारको नतिजा हासिल हुन नसकेका भन्ने सन्दर्भमा गम्भीर ढङ्गले विषयवस्तु उठेको छ । तर समग्रमा भने सबै निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएपछि मिहिन तरिकाले समीक्षा गर्ने निर्णय भएको उनले जानकारी दिए ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ८ : १६ बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन