७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

माओवादीले भन्यो : अहिलेको गठबन्धनको विकल्पबारे सोचेका छैनौं

अहिलेकै गठबन्धनबाट नयाँ सरकार बनाउने पहिलो प्रयास रहन्छ



काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा आज पनि चुनावको समीक्षा र नयाँ सरकारबारे छलफल भएको छ।

शनिबारदेखि सुरु भएको बैठकमा नेताहरुले बोल्ने क्रम नसकिएपछि आज पुनः बैठक बसेको थियो । आजेका बैठकमा पनि चुनावी समीक्षा र सरकारबारे सामान्य रूपमा छलफल गरिएको महासचिव देव गुरुङले बताएका छन् ।

गुरुङले गठबन्धनको विषयमा पार्टी नसोचिसकेको बताए । उनले अहिलेकै गठबन्धनबाट नयाँ सरकार बनाउने पहिलो प्रयास रहने स्पष्ट पारे । गुरुङले भने, ‘अहिलेको गठबन्धनलाई तोड्ने वा फोड्ने कुरा भएको छैन। आपसी समझदारीलाई जोड दिने हो। अहिलेको गठबन्धनको विकल्पबारे सोचेका छैनौं ।’ उनले पार्टीको बैठकमा सरकारको बारेमा उल्लेखनीय रुपमा विषय प्रवेश नै नभएको दाबी गरे ।

गठबन्धनको बैठक गरेर चुनावको समीक्षा र सरकार गठनबारे समग्रमा छलफल हुने उनले बताए ।

भोलि सोमबार सत्ता गठबन्धनमा रहेका दलहरूको बस्ने तय भएको छ। गुरुङले सरकारको नेतृत्वमा आफूहरूको दाबी स्वाभाविक हुने बताए । संविधान निर्माणदेखि अहिलेसम्मको राष्ट्रिय राजनीतिमा पार्टीको भूमिकाका कारण सरकारको नेतृत्वमा आफुहरुको दाबी गर्नु स्वाभाविक रहेको उनले बताए ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ६ : ०९ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल