१७ असार २०८३, बुधबार | July 1, 2026

माओवादीले भन्यो : अहिलेको गठबन्धनको विकल्पबारे सोचेका छैनौं

अहिलेकै गठबन्धनबाट नयाँ सरकार बनाउने पहिलो प्रयास रहन्छ



काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा आज पनि चुनावको समीक्षा र नयाँ सरकारबारे छलफल भएको छ।

शनिबारदेखि सुरु भएको बैठकमा नेताहरुले बोल्ने क्रम नसकिएपछि आज पुनः बैठक बसेको थियो । आजेका बैठकमा पनि चुनावी समीक्षा र सरकारबारे सामान्य रूपमा छलफल गरिएको महासचिव देव गुरुङले बताएका छन् ।

गुरुङले गठबन्धनको विषयमा पार्टी नसोचिसकेको बताए । उनले अहिलेकै गठबन्धनबाट नयाँ सरकार बनाउने पहिलो प्रयास रहने स्पष्ट पारे । गुरुङले भने, ‘अहिलेको गठबन्धनलाई तोड्ने वा फोड्ने कुरा भएको छैन। आपसी समझदारीलाई जोड दिने हो। अहिलेको गठबन्धनको विकल्पबारे सोचेका छैनौं ।’ उनले पार्टीको बैठकमा सरकारको बारेमा उल्लेखनीय रुपमा विषय प्रवेश नै नभएको दाबी गरे ।

गठबन्धनको बैठक गरेर चुनावको समीक्षा र सरकार गठनबारे समग्रमा छलफल हुने उनले बताए ।

भोलि सोमबार सत्ता गठबन्धनमा रहेका दलहरूको बस्ने तय भएको छ। गुरुङले सरकारको नेतृत्वमा आफूहरूको दाबी स्वाभाविक हुने बताए । संविधान निर्माणदेखि अहिलेसम्मको राष्ट्रिय राजनीतिमा पार्टीको भूमिकाका कारण सरकारको नेतृत्वमा आफुहरुको दाबी गर्नु स्वाभाविक रहेको उनले बताए ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ६ : ०९ बजे

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा श्रीमती परेपछि…

गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि

साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र

राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु ४५ अर्ब बराबरको एकवर्षे

पासपोर्ट खरिद प्रकरणमा जर्मनीको प्रष्टिकरण : नेपाललाई कुनै चेतावनी नदिएको दाबी

काठमाडौं । नेपाली राहदानी (पासपोर्ट) खरिद प्रक्रियासँग सम्बन्धित विषयमा हालै

फिफा विश्वकप : घरेलु मैदानमा इक्वेडरलाई हराउँदै मेक्सिको अन्तिम १६ मा प्रवेश

काठमाडौं । इक्वेडरलाई पराजित गर्दै मेक्सिको फिफा विश्वकप फुटबल २०२६