१७ असार २०८३, बुधबार | July 1, 2026

कृषि वन विश्वविद्यालयका विद्यार्थीले टाँसे पदाधिकारी हराएको सूचना



चितवन । चितवन रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयका विद्यार्थी आन्दोलित बनेका छन् । आन्दोलित विद्यार्थीले आज पदाधिकारी हराएको भन्दै विभिन्न स्थानमा सूचना टाँसेका छन् ।

विभिन्न माग राख्दै एक सातादेखि आन्दोलन गर्दै आएको संयुक्त विद्यार्थी संगठनले विश्वविद्यालयका पदाधिकारी हराएको भन्दै सूचना टाँस गरेको हो ।

विगत ८ दिनदेखि आन्दोलन गर्दै आएका विद्यार्थीहरूले भरतपुरको मुख्य मुख्य ठाउँहरू पोखरा बसपार्क, पुल्चोक, शहिदचोक, लायन्स चोक, वीरेन्द्र क्याम्पस, चौबसीकोटी, सप्तगण्डकी, हाकिमचोक, पारस बसपार्क लगायत क्षेत्रमा ‘पदाधिकारी हराएको’ सूचनासहितको पोष्टर टाँस गरेका हुन् ।

विश्वविद्यालयका पदाधिकारीले आफूहरूको आवाज नसुनेको भन्दै छैटौं दिन सिट्टी फुकेर विरोध गरेका विद्यार्थीले सातौं दिन एसएमएस गरेर खोज्ने प्रयास गरेका थिए । त्यसपछि पदाधिकारी सम्पर्कमा नआएको भन्दै आठौं दिन पदाधिकारी हराएको सूचनासहितको पोष्टर ठाउँ(ठाउँमा टाँस गरिएको अनेरास्ववियु केन्द्रीय क्याम्पस कमिटी अध्यक्ष विक्रम खनालले बताए ।

अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारी र अनेरास्ववियु (छैटौं)ले संयुक्त रूपमा आन्दोलन गर्दै आएका छन् ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ७ : ३१ बजे

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा श्रीमती परेपछि…

गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि

साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र

राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु ४५ अर्ब बराबरको एकवर्षे

पासपोर्ट खरिद प्रकरणमा जर्मनीको प्रष्टिकरण : नेपाललाई कुनै चेतावनी नदिएको दाबी

काठमाडौं । नेपाली राहदानी (पासपोर्ट) खरिद प्रक्रियासँग सम्बन्धित विषयमा हालै

फिफा विश्वकप : घरेलु मैदानमा इक्वेडरलाई हराउँदै मेक्सिको अन्तिम १६ मा प्रवेश

काठमाडौं । इक्वेडरलाई पराजित गर्दै मेक्सिको फिफा विश्वकप फुटबल २०२६