११ फाल्गुन २०८२, सोमबार | February 23, 2026

सुदूरपश्चिम प्रदेश सभा दुई दल बाहिरिए, नयाँ दुई दल भित्रिए



धनगढी । सुदूरपश्चिम प्रदेश सभाको पहिलो कार्यकालमा भाग लगेका दुई दल बाहिरिएका छन् भने २०७९ को चुनावबाट थप दुई दल भित्रिएका छन् ।

सुदूरपश्चिम प्रदेश सभामा २०७४ को निर्वाचनमा सहभागी भएका जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीको यसपटक सहभागिता नरहने भएको छ । प्रदेशका ३२ प्रत्यक्ष निर्वाचन क्षेत्रमा दुईवटै पार्टीका कुनै पनि उम्मेदवारले जित हासिल गर्न सकेनन् भने समानुपातिक प्रणालीबाट पनि जसपा र लोसपाले थ्रेस होल्ड कटाउन सकेनन् । जसकारण २०७९ को निर्वाचनपछि जसपा र लोसपाको सहभागिता हुने छैन ।

२०७९ को निर्वाचनबाट सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टी र राप्रपा नयाँ दलका रूपमा प्रदेश सभामा उपस्थित हुने छन् । एक वर्षअघि मात्रै दर्ता भएको नागरिक उन्मुक्ति पार्टीले प्रदेश सभाको पहिलो निर्वाचनमै अर्थपूर्ण सहभागिता जनाउँदै छ । प्रत्यक्षतर्फ पाँच र समानुपातिक पद्धतिबाट दुई गरी नागरिक उन्मुक्तिका सातजना प्रदेश सभामा उपस्थित हुन लागेका छन् ।

यसैगरी प्रत्यक्ष निर्वाचनमा सफल नभए पनि राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिक प्रणालीमा प्राप्त गरेका मतका आधारमा प्रदेश सभामा सहभागिता जनाउने भएको छ । सुदूरपश्चिममा समानुपातिक प्रणालीमार्फत राप्रपाले एक सिट पाउने निश्चित छ ।

सुदूरपश्चिम प्रदेश सभामा सहभागिता जनाउने जम्मा दलको संख्या भने ६ नै कायम हुने भएको छ । प्रदेश सभाको पहिलो कार्यकालको अन्त्यतिर पनि प्रदेश सभामा सहभागिता जनाउने दलको संख्या ६ पुगेको थियो । २०७४ को निर्वाचनपछि सुरुमा सुदूरपश्चिम प्रदेश सभामा सहभागिता जनाउने दलको संख्या चार थियो । सुरुमा एमाले, माओवादी केन्द्र, नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीको प्रदेश सभामा सहभागिता रहेको थियो ।

राष्ट्रिय जनता पार्टीले २०७४ को निर्वाचनमा एक सिट प्रत्यक्ष र एक सिट समानुपातिक कोटाबाट जितेको थियो । तर निर्वाचनको केही समयमै एमाले र माओवादी केन्द्र मिलेर (नेकपा) बनेपछि प्रदेश सभामा सहभागि दलको संख्या तीन कायम भएको थियो ।

तर प्रदेश सभाको मध्य कार्यकालसम्म आइपुग्दा एमालेलाई अदालतले विभाजन गरेसँगै फेरि प्रदेश सभामा सहभागि हुने दलको संख्या चार पुग्यो । त्यसलगत्तै एमालेबाट विभाजन भएको एकीकृत समाजवादीको पनि प्रदेश सभामा सहभागिता हुँदा प्रदेश सभामा पाँच दलको सहभागिता थियो । एमाले विभाजनलगत्तै फेरि जसपाबाट अलग्गिएर राजेन्द्र महतोले लोसपा गठन गरेपछि प्रदेश सभाको अन्यमा सहभागी दलको संख्या ६ बनेको थियो ।

५३ सदस्य रहेको सुदूरपश्चिम प्रदेश सभामा प्रत्यक्षतर्फ नेपाली कांग्रेसले १२, माओवादी केन्द्रले आठ, नागरिक उन्मुक्ति पार्टीले पाँच, एकीकृत समाजवादी र एमालेले समान तीन-तीन र एक स्थानमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । सुदूरपशिचम प्रदेश सभामा २१ जना सदस्य समानुपातिक निर्वाचन पद्धतिबाट छानिने छन् । समानुपातिक प्रणालीमा नेपाली कांग्रेस र नेकपा एमालेले सात-सात, माओवादी केन्द्रले तीन, नागरिक उन्मुक्ति पार्टीले दुई र राप्रपाले एक सिट प्राप्त गर्ने देखिएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ५ : २२ बजे

कार्यपालिकाका पदाधिकारी निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसारमा सहभागी हुन नहुने

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी स्थानीय

सङ्गठित सदस्यलाई जनतासँग प्रत्यक्ष भेटघाट गरेर मत माग्न एमालेको निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आफ्ना सङ्गठित सदस्यलाई

बाँकेमा नमूना मतदान अभ्यास

नेपालगन्ज । बाँकेमा नमूना मतदान अभ्यास गरिएको छ । प्रतिनिधिसभा

नेपालगन्ज र डुडुवाका बाल्मिकी समुदाय फकाउँदै सुधान्सु कोइराला

नेपालगन्ज । बाँके निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका

बाँके ३ मा नेकपा उम्मेदवार दीपक जीएमको ५ बुँदे संकल्पपत्र सार्वजनिक (पूर्णपाठ)

खजुरा । आसन्न प्रतिनिधिसभा सदस्यका लागि नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट