१७ असार २०८३, बुधबार | July 1, 2026

युक्रेन युद्धः अमेरिकी गुप्तचर भन्छिन्, जाडो मौसममा युद्धमा सुस्तता आउछ



किभ । युक्रेन लडाइ सुस्त हुँदै गएको र आउँदो जाडो मौसममा पनि यस्तो सुस्तता निरन्तर रहने अमेरिकी गुप्तचर निकायहरूले विश्वास गरेका छन् । तर, युक्रेनी सेनाको तर्फबाट प्रतिरोध कमजोर भएको कुनै प्रमाण नभेटिएको अमेरिकी गुप्तचर निर्देशक एभरिल हेन्स बताउँछिन् ।

युक्रेनको महत्वपूर्ण उर्जा पूर्वाधारमा रुसी आक्रमणपछि उनको भनाइ आएको हो । युक्रेनमा युद्ध अहिले नवौं महिनामा पुगेको छ । तर, रुसले कब्जा गरेको आधाभन्दा बढी भूमि गुमाएको छ ।

क्यालिफोर्नियामा एक प्रतिरक्षा फोरमलाई सम्बोधन गर्दै हेन्सले अहिले अधिकांश लडाई पूर्वीयुक्रेनको बाख्मुट र दोनेत्स्क क्षेत्र वरपर भइरहेको बताइन । उनले गत महिना रुसले खेरसन क्षेत्रको पश्चिमबाट सेना फिर्ता गरेपछि लडाई सुस्त भएको बताइन् । गत महिना पश्चिम खेरसन क्षेत्रबाट रुसी सेना फर्किएपछि लडाइँमा सुस्तता आएको उनले बताइन । ‘

‘हामीले पहिले नै द्वन्द्वको एक प्रकारको न्युन धड्कन देखिरहेका छौं  । आशा गर्छौं कि हामी आउने महिनाहरूमा पनि त्यस्तै देख्ने सम्भावना छ’, उनले भनिन् ।

 

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  ७ : २८ बजे

राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु ४५ अर्ब बराबरको एकवर्षे

पासपोर्ट खरिद प्रकरणमा जर्मनीको प्रष्टिकरण : नेपाललाई कुनै चेतावनी नदिएको दाबी

काठमाडौं । नेपाली राहदानी (पासपोर्ट) खरिद प्रक्रियासँग सम्बन्धित विषयमा हालै

फिफा विश्वकप : घरेलु मैदानमा इक्वेडरलाई हराउँदै मेक्सिको अन्तिम १६ मा प्रवेश

काठमाडौं । इक्वेडरलाई पराजित गर्दै मेक्सिको फिफा विश्वकप फुटबल २०२६

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको

रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको आज शपथ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय