३२ असार २०८३, बिहिबार | July 17, 2026

मधेश सरकारले ९ कक्षाका छात्राका लागि झन्डै ५ करोडको झोला किन्दै



काठमाडौं । दुई वर्षअघि कक्षा ८ मा अध्ययनरत छात्रालाई साइकल बाँडेको मधेश प्रदेश सरकारले यस वर्ष ९ कक्षामा अध्ययनरत छात्रालाई झोला वितरण गर्ने भएको छ ।

अघिल्लो वर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साइकल खरिदमा अनियमितता भएको आशंका गर्दै त्यससम्बन्धी फाइलहरू मुख्यमन्त्रीको कार्यालयबाट लिएर गएको थियो । त्यसपछि आयोगले १० जना कर्मचारी र साइकल बिक्री गर्ने कम्पनीविरुद्ध मुद्दा नै दायर गरेको थियो ।

यसपटक पनि मधेश प्रदेशको सामाजिक विकास मन्त्रालयमातहतको शिक्षा विकास निर्देशनालयले एउटा कम्पनीलाई ठूलो धनराशी खर्चिएर झोला खरिदको ठेक्का दिएको छ । न्यु आनन्द ट्रेड हाउस प्रालीसँग चार करोड ९६ लाख ९३ हजार ६ सय ८२ रुपैयाँमा ज्योमेट्रिक बक्ससहितको ब्याग खरिद गर्न लागेको हो । सबैभन्दा कम कबोल गरेको भन्दै झोला किन्न लागेको निर्देशनालयले जानकारी दिएको छ ।

यी सबै कार्यक्रम प्रदेश सरकारले ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियानका रुपमा ल्याइरहेको छ । अभियान अन्तर्गत साइकल वितरणलाई चालु आर्थिक वर्षको बजेटमार्फत निरन्तरता दिइएको छ । यसमा सम्बन्धित विद्यालयको सिफारिशमा विद्यार्थीको खातामा रकम पठाउने व्यवस्था गरिएको छ ।

यसअघि मुख्यमन्त्री कार्यालयले आफैं साइकल वितरण गर्दै आएको थियो । साइकल वितरणमा अनियमितता भएको र अख्तियारले समेत छानबिन गरिरहेको अवस्थामा अब सम्बन्धित विद्यार्थीको खातामा रकम पठाउने व्यवस्था गरिएको हो । कक्षा १२ मा अध्ययनरत छात्राका लागि ल्यापटप वितरण योजना ल्याइएको छ । अभियानका लागि ७७ करोड ४० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  ८ : ३४ बजे

सिन्धुपाल्चोकमा १३६ मिलीमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा (सूचीसहित)

काठमाडौँ । न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना

बुटवल बुधबार एक कार्यक्रमका बिच कार्यक्रमको उद्घाटन गर्दै रोटरी ईन्टरनेशनल

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको

तेस्रो अन्तरराष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन हुँदै

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजना