७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

कांग्रेस सांसदहरुले मेलम्ची खानेपानीबारे प्रधानमन्त्री देउवालाई बुझाए ध्यानाकर्षणपत्र



काठमाडौं । नेपाली कांग्रेसका नेता एवं काठमाडौं १ बाट निर्वाचित सांसद प्रकाशमान सिंहसहित काठमाडौंबाट निर्वाचित कांग्रेसका सांसदहरुले मेलम्ची खानेपानी आयोजनालाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटार पुगी नेता सिंहसहितका सांसदहरुले काठमाडौंको खानेपानी समस्या समाधानका लागि मेलम्ची आयोजनालाई दीर्घकालीन रुपमा अगाडि बढाउनुपर्ने स्थलगत निरीक्षणपछि आवश्यकता महसुस गरेको र त्यसमा सरकारको भूमिका प्रभावकारी रहनुपर्ने भन्दै ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

उनीहरुले मेलम्चीको खानेपानीको विषयलाई लिएर सरकारले तत्कल कदम चाल्नुपर्ने आवश्यकताबारे जानकारी पनि गराएका छन् ।

ध्यानाकर्षण पत्रमा मेलम्चीको पानी काठमाडौं ल्याउन सरकारले देखाएको अग्रसरता र पहलकदमीप्रति काठमाडौंवासी आभारी रहेको उल्लेख गरिएको छ ।

त्यसक्रममा नेता सिंहले मेलम्ची खानेपानीका विषयमा सरकारले तत्काल र दीर्घकालीन रूपमा गर्नुपर्ने कामबारे बुँदागत रूपमा सुझाव पनि दिएका छन् । तत्काल गर्नुपर्ने काममा आर्थिक वर्ष २०७९÷८० को बजेट वक्तव्यमा मेलम्ची खानेपानी विकास समिति खारेज गरेको उल्लेख भएकोले आयोजनाको काम कारवाहीमा अन्योलता देखिएकोले तत्काल मेलम्ची खानेपानी विकास समिति ब्यूँताउनुपर्ने वा अन्य आवश्यक निर्णय लिनुपर्ने, मुहान क्षेत्रका स्थानीय तहको माग सम्बन्धमा सम्बन्धित पालिकासँग छलफल गरी टुगोंमा पुग्नुपर्ने, सिएमसीले राखेका माग कानूनको परिधिभित्र रही सम्बोधन गर्न आवश्यक कार्य गर्नुपर्ने, वर्षैभरी पानी पथान्तरणका लागि फास्ट ट्रयाकमा कार्यान्वयन गर्नु गराउन आवश्यक निर्णय लिनुपर्ने र कर्मचारीको तलबसुविधा लगायतका विषय तत्काल सम्बोधन गर्न आवश्यक रहेको उल्लेख गरेका छन् ।

यस्तै, दीर्घकालीन रूपमा गर्नुपर्ने काममा बाढीपहिरोपछि सोको कारणबारे एसियाली विकास बैंक लगायतका अन्तर्राष्ट्रिय संघसंस्थाले अध्ययन गरि पेश गरेको प्रतिवेदनको निष्कर्ष अनुसार आयोजना अगाडी बढाउनुपर्ने, अहिले खानेपानीको ईन्टेक रहेको स्थान असुरक्षित भए नभएको प्राविधिकबाट अध्ययन गरी गराई असुरक्षित भए उपयुक्त स्थानमा ईन्टेक बनाउनुुपर्ने, मेलम्ची बाढिपहिरोले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकामा भएको क्षतिलाई सम्बोधन गर्न पुननिर्माण लगायतका उचित व्यवस्था गर्नुपर्ने, मुहान क्षेत्रमा सरकारले ध्यान नदिएका स्थानीयको गुनासो सम्बोधन गर्न मुहान क्षेत्रसम्म पक्की सडक बनाउनुपर्ने, शिक्षा र स्वास्थ्यमा सरकारले विशेष पहल गर्नुपर्ने उल्लेख गरेका छन् ।

ध्यानाकर्षणपत्र 

२०७९ मंसिर २० गते

सम्माननीय प्रधानमन्त्रीज्यू,
सिंहदरबार, काठमार्डौं ।

विषय ः ध्यानाकर्षण पत्र ।

राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना काठमाडौंबासीको खानेपानी समस्या समाधानको प्रमुख स्रोत हो । नेपाली कांग्रेसका संस्थापक नेता एंव पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई ज्यूले देख्नु भएको मेलम्चीको खानेपानी काठमाडौं ल्याउने सपना कांग्रेस नेतृत्वमै साकार भएको छ । यो हामी सबैका लागि गौरवको विषय हो । मेलम्चीको पानी काठमाडौं ल्याउन सरकारले देखाएको अग्रसरता र पहलकदमी प्रति काठमाडौंवासी आभारी छौं । २०७८ असार १ गते मेलम्चीमा गएको विनाशकारी बाढीपहिरोका कारण मेलम्चीको भविष्य अहिले अन्योलमा पर्ने होकी भन्ने काठमाडौँबासीमा चिन्ता छाएको छ । बाढीपहिरोपछि हिउँदको समयमा अस्थायी रुपमा भएपनि काठमाडौं ल्याउने काम भएको छ ।

काठमाडौंको खानेपानी समस्या समाधानका लागि मेलम्ची आयोजना लाई पानी दिर्घकालीन रुपमा अगाडी बढाउनुपर्ने स्थलगत निरीक्षणपछि आवश्यकता महसुस भएको छ । त्यस कार्यमा सरकारको भूमिका प्रभावकारी रहनुपर्ने देखिन्छ । तसर्थ तपसिलका विक्ष्यमा सरकारले तत्कल कदम चाल्नुपर्ने आवश्यकताबारे जानकारी गराउदछौँ । 

तत्काल गर्नुपर्ने काम

१. आर्थिक वर्ष २०७९।८० को बजेट वक्तव्यमा मेलम्ची खानेपानी विकास समिति खारेज गरेको उल्लेख भएकोले आयोजनाको काम कारवाहीमा अन्योलता देखिएकोले तत्काल मेलम्ची खानेपानी विकास समिति ब्यूँताउनुपर्ने वा अन्य आवश्यक निर्णय लिनुपर्ने ।

२.मुहान क्षेत्रका स्थानीय तहको माग सम्बन्धमा सम्बन्धित पालिकासँग छलफल गरी टुगोंमा पुग्नुपर्ने ।

३.सिएमसीले राखेका माग कानूनको परिधिभित्र रही सम्बोधन गर्न आवश्यक कार्य गर्नुपर्ने ।

४.वर्षैभरी पानी पथान्तरणका लागि फास्टट्रयाकमा कार्यान्वयन गर्नु गराउन आवश्यक निर्णय लिनुपर्ने । 

५ कर्मचारीको तलबसुविधा लगायतका विषय तत्काल सम्बोधन गर्न आवश्यक छ । 

दीर्घकालीन रूपमा गर्नुपर्ने 

१.बाढीपहिरोपछि सोको कारणबारे एसियाली विकास बैंक लगायतका अन्तर्राष्ट्रिय संघसंस्थाले अध्ययन गरि पेश गरेको प्रतिवेदनको निष्कर्ष अनुसार आयोजना अगाडी बढाउनुपर्ने ।

२. अहिले खानेपानीको ईन्टेक रहेको स्थान असुरक्षित भए नभएको प्राविधिकबाट अध्ययन गरी गराई असुरक्षित भए उपयुक्त स्थानमा ईन्टेक बनाउनुुपर्ने ।

३.मेलम्ची बाढिपहिरोले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकामा भएको क्षतिलाई सम्बोधन गर्न पुननिर्माण लगायतका उचित व्यवस्था गर्नुपर्ने ।

४. मुहान क्षेत्रमा सरकारले ध्यान नदिएका स्थानीयको गुनासो सम्बोधन गर्न मुहान क्षेत्रसम्म पक्की सडक बनाउनुपर्ने, शिक्षा र स्वास्थ्यमा सरकारले विशेष पहल गर्नुपर्ने ।

मेलम्चीको मुहान क्षेत्रमा अझै बाढिपहिरोको जोखिम रहिरहेको छ । अहिले अस्थायी रुपमा पानी ल्याउने तयारीले हामी उत्साही छौं । तर, केही महिनादेखि सेवा सुविधा नपाएको भनी कर्मचारीले अन्तिममा पानी पठाउन रोकेर आन्दोलन गर्ने तयारी रहेको खबरले महानगरबासी लगायत सम्पूर्ण नागरिक चिन्तित छौं । तत्काल कर्मचारीको माग सम्बोधन गरी पानी काठमाडौं ल्याउने र स्थायी रुपमै पानी ल्याउनका लागि आवश्यक गृहकार्य गम्भीरताका साथ अघि बढाउन ध्यानाकर्षण गराउँदछौँं ।  

काठमाडौँ जिल्लाका जनप्रतिनिधिहरुको तर्फबाट
प्रकाशमान सिंह
प्रतिनिधि सभा सदस्य,
काठमाडौं क्षेत्र नं १

बोधार्थ तथा कार्यार्थः खानेपानी मन्त्रालय

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  १ : ०९ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल