१८ माघ २०८२, आइतबार | February 2, 2026

महाकालीमा एकतर्फी तटबन्ध बनाएको बारे नेपालले पठायो भारतलाई कुटनीतिक नोट



काठमाडौं । महाकालीको बहाव नेपालतर्फ धकेलेर भारतले अनधिकृत पक्की संरचना बनाएको विषयमा नेपालले भारतलाई कूटनीतिक नोट पठाएको छ ।

परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित भारतीय राजदूतावासमार्फत भारत सरकारलाई नेपालको असन्तुष्टि जनाउँदै मंगलबार दिउँसो कूटनीतिक नोट पठाएको हो ।

भारतलाई पठाइएको कुटनीतिक नोटमा नेपालको सहमतिविना महाकाली नदीमा एकतर्फी संरचना बनाइएको भन्दै यसबाट नेपालतर्फ क्षति पुगेको उल्लेख गरिएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

नेपालले सीमा क्षेत्रमा संरचना निर्माण गर्नुपरे दुवै देशको सहमति र समन्वयमा गर्नुपर्ने अन्तराष्ट्रिय कानूनलाई पालना गर्नुपर्ने उल्लेख गरिएको छ ।

सीमा क्षेत्रमा कुनै पनि दुर्घटना हुन नदिन समस्याहरुलाई कुटनीतिक तबरबाट समाधान गरिनुपर्ने जनाइएको छ ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  ५ : १४ बजे

खुल्यो जमुनाहा नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवागमन

नेपालगन्ज । जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत सुरु

ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ । दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

खुम्च्यो स्वास्थ्य बीमाको सेवा, ओपीडी सेवामा वर्षमा २५ हजार मात्र भुक्तानी हुने

काठमाडौं । स्वास्थ्य बीमा गरेका परिवारले पाउँदै आएको बीमा सेवालाई

भोटाहिटीस्थित साइबर ब्युरोको भवन महानगरलाई दिने गृह मन्त्रालयको निर्णय

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर

पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । उपचारका क्रममा आइतबार मध्याह्न काठमाडौंको ग्रान्डी अस्पतालमा निधन