११ श्रावण २०८३, सोमबार | July 27, 2026

महाकालीमा एकतर्फी तटबन्ध बनाएको बारे नेपालले पठायो भारतलाई कुटनीतिक नोट



काठमाडौं । महाकालीको बहाव नेपालतर्फ धकेलेर भारतले अनधिकृत पक्की संरचना बनाएको विषयमा नेपालले भारतलाई कूटनीतिक नोट पठाएको छ ।

परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित भारतीय राजदूतावासमार्फत भारत सरकारलाई नेपालको असन्तुष्टि जनाउँदै मंगलबार दिउँसो कूटनीतिक नोट पठाएको हो ।

भारतलाई पठाइएको कुटनीतिक नोटमा नेपालको सहमतिविना महाकाली नदीमा एकतर्फी संरचना बनाइएको भन्दै यसबाट नेपालतर्फ क्षति पुगेको उल्लेख गरिएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

नेपालले सीमा क्षेत्रमा संरचना निर्माण गर्नुपरे दुवै देशको सहमति र समन्वयमा गर्नुपर्ने अन्तराष्ट्रिय कानूनलाई पालना गर्नुपर्ने उल्लेख गरिएको छ ।

सीमा क्षेत्रमा कुनै पनि दुर्घटना हुन नदिन समस्याहरुलाई कुटनीतिक तबरबाट समाधान गरिनुपर्ने जनाइएको छ ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  ५ : १४ बजे

विद्यार्थी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्न सीजेपीको माग

नयाँदिल्ली । भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको

नवउद्यमी प्रवद्र्धनमा बुटवल उद्योग वाणिज्य संघ र एनवाइइएफ बिच सहकार्य प्रतिवद्धता

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र युवा उद्यमी

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा

सुनसरीमा सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय सहमति

विराटनगर । सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडपपछि उत्पन्न