१५ बैशाख २०८१, शनिबार | April 27, 2024

रुपन्देही २ मा पुनः मतदानको माग गर्दै सर्वोच्चमा रिट



बुटवल । रुपन्देही क्षेत्र नम्बर २ मा पुनः मतदानरमतगणनाको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले सर्वोच्चमा रिट दायर गरेका छन् ।

बाणिज्य क्याम्पसको बुथ ज  र बुटवल १२ को चारवटा बुथमा पुनः मतगणना र मतदानको माग गरेका हुन् । उनले बिष्णु पौडेलको सपथ रोक्न र संसद जानसमेत नदिन माग गर्दै रिट दायर गरेको बताए । मतदान र मतगणनाको क्रममा धाँधली भएको उनको दाबी छ ।

‘मतगणनाको क्रममा भएको धाँधली र मतदानको दिन भएको धाँधलीको विरुद्ध पुनः मतगणना सहित पुनः मतदानको माग राख्दै मंगलबार सर्वोच्च अदालतमा रिट दायर गरेको छु,’ उनले भने, ‘आशा गरौं अदालतले निष्पक्ष न्याय दिलाई जनताको अभिमत माथि भएको प्रहारलाई गलत साबित गर्ने छ ।’

मंसिर ४ गते भएको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेल र नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलबीच कडा प्रतिस्पर्धा भएको थियो । चुनावमा एमाले उपाध्यक्ष विष्णु पौडेलसँग एक हजार ३६६ मतले गणेश पौडेल पराजित भएका थिए ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  ९ : ०२ बजे

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

बागलुङ । बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार–

उपनिर्वाचन : इलाम–२ का चार उम्मेदवारद्वारा मतदान

इलाम । इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा

पचासी लाखमा वडा कार्यालय भवन निर्माण

म्याग्दी । जिल्लाको धौलागिरि गाउँपालिका-६ मराङमा रु ८५ लाखको लगानीमा

ढकमक्क ज्याकाराण्डा

काठमाडौं । काठमाडौंको कमलपोखरी परिसर छेउमा ढकमक्क फुलेको ज्याकाराण्डा फूल

बझाङमा उत्साहपूर्वक मतदान हुँदै

बझाङ । बझाङ प्रदेशसभा निर्वाचन ९१ ० मा मतदाता उत्साहपूर्वक