२३ असार २०८३, मंगलबार | July 7, 2026

बीचमै अध्ययन छाड्ने समस्या रोक्न बाँकेको खजुरामा विद्यार्थीलाई साइकल



खजुरा । बाँकेमा विद्यार्थीहरुलाई बिद्यालयसम्म आउन आकर्षण दिन साइकल बितरण गरिएको छ । मंगलबार बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ५ स्थित श्री भानु माध्यमिक विद्यालय उढरापुर अध्यानरत कक्षा ९ देखि १२ कक्षामा अध्यनरत विद्यार्थीहरुलाई साइकल वितरण गरिएको हो ।

विद्यालयमा अध्यनरत १४८जना छात्र छात्राहरुलाई निशुल्क साइकल वितरण गरिएको खजुरा ५ का वडा अध्यक्ष गरिवे शेखले बताए ।

साइकल वितरण कार्यक्रममा बोल्दै खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विकले बिद्यार्थीलाई साइकल बितरणबाट उनीहरुको शिक्षाआर्जन गर्न पाउने मौलिक हकमा समेत सहयोग मिलेको बताए । उनले बिचमै अध्यन छाड्ने प्रबृत्तिलाई रोक्न साइकल सहयोगी बन्न सक्ने बताए । अध्ययन पूरा गरेपछि मात्रै विवाह गरेमा छात्राहरुको समेत आत्मबल बढने अध्यक्ष विकले सुझाव दिए ।

मुस्लिम ,मधेसी मूलको बाहुल्य रहेको यस विद्यालयका अधिकांश बालिकाहरु बीचमै विद्यालय छाड्ने र चाँडै विवाह हुने समस्या छ ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष गरिबे शेषले विद्यालयलाइ आवश्यकता पर्ने सबै कुरामा गाउँपालिकाको समन्वयमा वडाले गर्ने आश्वासन दिए ।

खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नृपराज उपाध्यायले साइकल वितरणबाट पालिकालाई शिक्षित बनाउन र शिक्षाक्षेत्रमै आमुल परिवर्तनका लागि मद्दत मिलेको बताए।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ८ : ०३ बजे

दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-sadak ६ दरवाङ बजारको सडक कालोपत्र

युवाको पलायनले पाल्पाका गाउँ रित्तिँदै, वृद्धवृद्धा एक्लोपनमा

तानसेन । गाउँका अधिकांश घरमा अहिले ताल्चा झुण्डिएका छन् ।

तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने

तनहुँ । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको २१३ औँ

पोर्चुगललाई पराजित गर्दै स्पेन क्वाटरफाइनलमा

काठमाडौं । फिफा विश्वकपको राउन्ड अफ-१६ अन्तर्गत भएको रोमाञ्चक प्रतिस्पर्धामा

प्रगतिवादी लेखक संग्रौलाले गरे लेखक साहनीका तीन पुस्तकको विमोचन

बुटवल । लेखक साहित्यकार दील साहनीको तीन कृतिको आईतबार बुटवलमा