१५ असार २०८३, सोमबार | June 30, 2026

विश्वकप फुटबल-२०२२ को क्वार्टरफाइनल समीकरण पूरा, यी हुन भिड्ने टोली



काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल-२०२२ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ । मंगलबार राति नकआउटका अन्तिम दुई खेल भएसँगै क्वार्टरफाइनलमा पुग्ने ८ वटै टोलीको टुङ्गो लागेको हो ।

क्वार्टरफाइनलमा साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया, ब्राजिल, अर्जेन्टिना, इंग्ल्यान्ड, नेदरल्यान्ड्स, मोरक्को र पोर्चुगल पुगेका हुन् ।

अब सेमिफाइनल प्रवेशका लागि नेदरल्याण्ड्स र अर्जेन्टिना तथा क्रोएसिया र ब्राजिल भिड्ने छन् ।

यस्तै इङ्ल्याण्ड र फ्रान्स तथा मोरक्को र पोर्चुगल भिड्नेछन् । यस पटक नयाँ टोलीका रूपमा नेदरल्याण्ड्स, अर्जेन्टिना, मोरक्को र पोर्चुगल छन् । चार वटा टोली यसअघिकै दोहोरिएका छन् ।

क्वार्टरफाइनलको पहिलो खेलमा ब्राजिल र क्रोएसिया शुक्रबार राति ८:४५ बजे भिड्ने छन् । त्यसै राति १२ः४५ बजे अर्जेन्टिना र नेदरल्याण्ड्स भिड्दैछन् । यी दुई खेलका विजेताको भेट सेमिफाइनलमा हुनेछ ।

शनिबार राति ८ः४५ बजे मोरक्को र पोर्चुगल भिड्ने छन् । शनिबार मध्य राति १२ः४५ बजे इङ्ल्याण्ड र फ्रान्स भिड्नेछन् । यी दुई खेलका विजेताको भेट सेमिफाइनलमा हुनेछ ।

 

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  १० : २० बजे

पर्यटन प्रवद्र्धन र युवा-मैत्री नीति बनाउन होटल व्यवसायीको आग्रह

बुटवल । रुपन्देहीका होटल व्यवसायीहरूले पर्यटन क्षेत्रलाई चलायमान बनाउन र

विष्णु पौडेललाई पुनः म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा

म्याग्दी । म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी

असार १५ : जुजु धौको माग उच्च

भक्तपुर । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको

राष्ट्रिय धान दिवस : ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत रोपियो धान

पाटन । ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत धान रोप्दै