३ पुस २०८२, बिहिबार | December 18, 2025

संसद्का महासचिवले जबरालाई दिए महाअभियोग निष्क्रिय भएको पत्र (पत्रसहित)



मंसिर । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाअभियोगलाई संसद सचिवालयका महासचिवले निस्क्रिय बनाइदिएका छन् ।

संसदका महासचिव भरतराज गौतमले जबरालाई महाअभियोग निस्क्रिय भएको पत्र दिएका हुन् । जबराले सचिवालयलाई महाअभियोग निस्क्रिय भएको पत्र दिन निवेदन दिएका थिए । यसलगत्तै जबरा सर्वोच्च अदालत फर्किने प्रयास सुरु गरेका छन् ।

सत्तारुढ दलहरू कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरूले जबराविरुद्ध विभिन्न २१ आरोप लगाएर गत वर्ष २०७८ कोे फागुन १ गते संघीय संसद सचिवालयमा महाभियोग दर्ता गराएका थिए । त्यसलगत्तै जबरा स्वतः निलम्बनमा परेका थिए ।

महाअभियोग प्रस्ताव दर्ता भएको लामो समयपछि जबरामाथि लागेको अभियोग अनुसन्धान गर्न महाभियोग सिफारिस समिति गठन भएको थियो । समितिले एक महिना लगाएर अनुसन्धान गरेपछि बहुमतका आधारमा महाअभियोग लगाउन सिफारिस गरेको थियो । तर लगत्तै प्रतिनिधिसभाको कार्यकाल समाप्त भएपछि प्रस्ताव पेण्डिङमा रहेको थियो ।

 

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  १ : ०७ बजे

ओलीको ह्याट्रिक, दुई तिहाई बढी मतले एमाले अध्यक्षमा विजयी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक

अध्यक्षमा केपी ओली सहज विजयउन्मुख अवस्थामा

काठमाडौँ । नेकपा एमालेको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भइरहेको मतगणनामा

महाकाली पुल र बस्ती बचाउन तटबन्धको काम वर्षायाम अघि नै सम्पन्न गरौं : मन्त्री घिसिङ

कञ्चनपुर। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

जाँचबुझ आयोगद्वारा तत्कालीन आईजीपी खापुङसँग पुनः बयान

काठमाडौं। २३ र २४ भदौमा भएका घटनाको छानबिनका लागि गठित

सुनको मूल्य तोलामा २ लाख ६० हजार ४०० रुपैयाँ, चाँदीको पनि बढ्यो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको