१७ असार २०८३, बुधबार | July 1, 2026

संसद्का महासचिवले जबरालाई दिए महाअभियोग निष्क्रिय भएको पत्र (पत्रसहित)



मंसिर । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाअभियोगलाई संसद सचिवालयका महासचिवले निस्क्रिय बनाइदिएका छन् ।

संसदका महासचिव भरतराज गौतमले जबरालाई महाअभियोग निस्क्रिय भएको पत्र दिएका हुन् । जबराले सचिवालयलाई महाअभियोग निस्क्रिय भएको पत्र दिन निवेदन दिएका थिए । यसलगत्तै जबरा सर्वोच्च अदालत फर्किने प्रयास सुरु गरेका छन् ।

सत्तारुढ दलहरू कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरूले जबराविरुद्ध विभिन्न २१ आरोप लगाएर गत वर्ष २०७८ कोे फागुन १ गते संघीय संसद सचिवालयमा महाभियोग दर्ता गराएका थिए । त्यसलगत्तै जबरा स्वतः निलम्बनमा परेका थिए ।

महाअभियोग प्रस्ताव दर्ता भएको लामो समयपछि जबरामाथि लागेको अभियोग अनुसन्धान गर्न महाभियोग सिफारिस समिति गठन भएको थियो । समितिले एक महिना लगाएर अनुसन्धान गरेपछि बहुमतका आधारमा महाअभियोग लगाउन सिफारिस गरेको थियो । तर लगत्तै प्रतिनिधिसभाको कार्यकाल समाप्त भएपछि प्रस्ताव पेण्डिङमा रहेको थियो ।

 

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  १ : ०७ बजे

अठार वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनमा

ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ सुरु

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ । दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका

सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन)