२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

चोलेन्द्र सर्वोच्च फर्कने तयारीपछि सुरक्षा व्यवस्थामा कडाई



काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्च अदालत फर्कने तयारी गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।
जबराले आफूविरुद्धको महाअभियोग प्रस्ताव निष्क्रिय भएको भन्दै बुधबार दिउँसो सर्वोच्च फर्कने घोषणा गरेका छन् । उनले आफूलाई संघीय संसद् सचिवालयले महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र दिएकाले बुधबारदेखि नै नियमित काममा फर्कन लागेको जानकारी दिए ।
तर, सर्वोच्च अदालतले भने जबराको महाअभियोगसम्बन्धी प्रस्ताव आइनसकेको जानकारी दिएको छ । जबराले विभिन्न मिडियामा अन्तर्वार्ता दिँदै आजै आफू सर्वोच्च फर्कन लागेको बताएका छन् । उनले आफूले मंगलबार संसद् सचिवालयलमा महाअभियोगको प्रक्रियाबारे जान्न निवेदन दिएको र त्यसमा महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र आफूलाई दिइएकाले सर्वोच्च फर्कन लागेको जानकारी दिए ।
निवर्तमान प्रतिनिधिसभामा पेस भएको महाअभियोगको प्रस्ताव नयाँ संसद्ले अगाडि बढाउने नबढाउने कुनै निश्चित छैन । अहिले नै संसद् बस्न सक्ने अवस्था छैन । तर संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले जबराले सोधेको पत्रको जवाफ भने दिएका छन् ।
निलम्बित प्रधानन्यायाधीश जबराले ‘ब्रेक टाइम’ पछि आफू सर्वोच्च जाने घोषणा गरेका छन् । तर यसबारे उनले सर्वोच्च प्रशासनलाई कुनै जानकारी गराएका छैनन् । सोहीकारण सर्वोच्च परिसरमा सुरक्षा व्यवस्थामा कडाई गरिएको हो । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले जबरा सर्वोच्च आए प्रहरीले गेटमै रोक्ने प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  १ : २७ बजे

रौतहटमा ‘स्वाइन फिभर’लागेर बङ्गुर मर्न थाले

चन्द्रपुर । चन्द्रपुर नगरक्षेत्रमा स्वाइन फिभर लागेर बङ्गुर मर्न थालेका

डब्ल्युटीओ व्यापार तथा वातावरण समितिको अध्यक्षमा नेपाल चयन

काठमाडौं । नेपाल विश्व व्यापार संगठन (डब्ल्यूटीओ) व्यापार तथा वातावरण

पश्चिम एसियामा अलपत्र नेपालीको उद्धार : निगमद्वारा विशेष उद्धार उडान आज पनि

काठमाडौं । सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका बुवा

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका-९ कोप्चेबाट बराहक्षेत्रसम्म पानीमा सञ्चालन हुने