८ बैशाख २०८१, शनिबार | April 20, 2024

सडक अतिक्रमण हटाउदैँ शिवराज नगरपालिका


२२ मंसिर २०७९, बिहिबार  

260
Shares

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाले सडक अतिक्रमण गरेका संरचना हटाउन थालेको छ । नगरप्रमुख अजय थापाले यस क्षेत्रमा सडक अतिक्रमण गरेका संरचना र सामग्री हटाउन थालेको बताए ।

नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, नेपाल प्रहरी, ट्राफिक प्रहरीसहितको टोली अतिक्रमण भएको स्थानको पहिचान गरी सो कार्यमा खटिएका छन् ।

नगरपालिकाले पूर्व पश्चिम राजमार्ग र चन्द्रौटा कृष्णनगर सडक खण्ड मिचेर राखिएका ठेला गाडा हटाएको हो । एक दशकदेखि गरिएको अतिक्रमण हटाएको नगरप्रमुख थापाले बताए । मुख्य सडक र पेटी मिचेर राखिएका पसलका सामग्री ठेला गाडा तथा सडकमा पार्किङ गरी सवारीसाधन मर्मत गर्दा नगरको सुन्दरता बिग्रँदै गएको र सवारी दुर्घटनाको जोखिम बढेकाले अतिक्रमण गरीएका संरचना हटाइएको नगरप्रमुख थापाले बताए।

बजार क्षेत्रमा जथाभाबी सवारी साधन पार्किङ गर्न समेत प्रतिबन्ध गरिएको छ । चन्द्रौटा बजारमा सडकमा सवारीसाधन पार्किङ र सवारी मर्मत गर्ने काम हुँदै आएको थियो । बुधबार सडक छेउमा पार्किङ गरिएको ट्रक र मोटरसाइकल हटाइएको छ । ठेला लगायत साना व्यापारी व्यवसायीलाई मात्र दुःख दिएको भन्दै केहीले नगरपालिकाले गरेको कामप्रति गुनासो गरेका छन् ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहिबार  ४ : २४ बजे

सडक बालबालिका : पहिचान पाउन अझै पनि कठिन

काठमाडौं । “पशुपति आर्यघाटमा शव जलाउने काम गर्छु, ब्रह्मनालमा पैसा

सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक जग्गा साविककै अवस्थामा फिर्ता

पाल्पामा जन्ती बोकेको जीप दुर्घटना हुदाँ १० घाइते

पाल्पा । पाल्पामा सवारी दुर्घटना परी १० जना घाइते भएका

हामीलाई कसैले कमजोर ठान्ने उथलपुथल हुन्छ : माधव नेपाल

राैतहट । नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर