६ जेष्ठ २०८३, बुधबार | May 20, 2026

कालिका क्याम्पसले निर्माण गरेको जनशक्तिले भविश्यमा देशको नेतृत्व गर्ने छ : एमाले उपाध्यक्ष पौडेल

विद्यार्थीसँग खाना खाँदै सुझाव माग्दै पौडेल



बुटवल । स्थापनाको ९ वर्ष पुरा गर्दा त्रिभूवन विश्व विद्यालयको अंङ्गिक क्याम्पसहरुमा उत्कृष्ठ हुन सफल बुटवलको कालिका क्याम्पसको नव निर्मित भवनको उदघाटन गरिएको छ । नवनिर्मित भवनको रुपन्देही २ बाट हालै निर्वाचित प्रतिनिधिसभा सदस्य एवं एमाले उपाध्यक्ष विष्णु पौडेलले आज उदघाटन गरे ।

क्याम्पसको ९ औं वार्षिक उत्सव तथा भवन उदघाटन कार्यक्रममा बोल्दै उपाध्यक्ष पौडेलले जिल्लालाई आर्थिकसँगै शैक्षिक केन्द्र र हबको रुपमा विकास गर्नका लागि आफ्नो प्रयास रहने प्रतिबद्धता जनाए । स्थापना भएको छोटो अवधिमै कालिका क्याम्पसले मुलुकमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताउँदै उनले यहीँबाट उत्पादन भएका जनशक्तिले भविष्यमा मुलुकको नेतृत्व गर्न सक्नुपर्ने बताए ।

वार्षिक उत्सवकै अवसरमा क्याम्पसको ४३ कोठे नयाँ भवनको सांसद पौडेलबाट उद्घाटन गराइउको हो । २०७० साल क्याम्पस स्थापना भएको क्याम्पसमा शुरुमा बीएड, बीबीएस पढाई संचालन गरिएकोमा विद्यार्थीहरुको मागसँगै २०७५ सालदेखि ब्याचलर अफ कम्प्युटर एप्लीकेसन (बीसीए) को कार्यक्रम समेत संचालन गर्दै आएको छ ।

क्याम्पस प्रमुख घनश्याम पाठकले क्याम्पसले अब छिटै बीएसस्सी अन्तर्गत सीएसआईटी, बीबीए र एमबीएस पनि पढाउने तयारी गरेको जानकारी दिए । ‘हामी कान्छो सामुदायिक क्याम्पस हौं, तर ९ वर्षमै २ पटक बीसीएमा शतप्रतिशत विद्यार्थी पास गराई नेपाल टप भएर गुणस्तरीय शिक्षामा कायापलट गर्न सफल भएका छौं ।’ उनले भने ।

विद्यार्थीसँगै खाना खाँदै सुझाव माग्दै पौडेल

क्याम्पसको भवन उदघाटन गर्न आएका पूर्व अर्थमन्त्री समेत रहेका उपाध्यक्ष पौडेलले कालिका क्याम्पसका विद्यार्थीसँगै खाना खाएर क्याम्पसकालागि गर्नु पर्ने कामको सुझाव संकलन गरेका छन् । बिद्यार्थीहरुसँग सँगै खाना खान बसेका पौडेले शैक्षिक विकासका लागि आफ्नोतर्फबाट गर्नुपर्ने प्रयास तथा आवश्यक सुझाब दिनका लागि विद्यार्थी समक्ष आग्रह गरेका छन् । उनले जुनसुकै बेला गुनासो सुन्न आफू तयार भएको उल्लेख गर्दै ई–मेल तथा फोनमार्फत आफ्ना गुनासाहरु भएमा खुलेर बताउन विद्यार्थीहरुलाई आग्रह गरे । उनले शैक्षिक सुधारका लागि क्याम्पस परिवार तथा सबै सरोकारवाला पक्षहरुको साझा पहलमा जोड दिए ।

३५ जना विद्यार्थीबाट शुरु भएको क्याम्पसमा अहिले २८ सय भन्दा धेरै विद्यार्थी अध्ययनरत छन् । क्याम्पसमा बीबीएस र बीसीएतर्फ ५० जना र बएिडतर्फ १३ जना गरी ६३ जना प्राध्यापक र १२ जना नन टिचिङ स्टाफ सहित ७५ जना कर्मचारी रहेका छन् ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  १ : ४५ बजे

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

काठमाडौं । गणितज्ञ तथा डेटा (तथ्याङ्क) वैज्ञानिक क्लाइभ हम्बीले सन्

सरकार र अधिकारकर्मी रूबी खानबीच पाँचबुँदे सहमति, २३ औँ दिनमा अनशन तोडियो

काठमाडौं । अधिकारकर्मी रूबी खान र सरकारका प्रतिनिधिबीच मङ्गलबार पाँचबुँदे

सरकारलाई जवाफदेही बनाउन निलम्बन हुन पनि तयार छौँ : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका संसदीइ दलका नेता हर्क साम्पाले

सैतिस थान राहदानीसहित श्रेष्ठ नियन्त्रणमा

काठमाडौँ । प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ३७ थान राहदानीसहित एक

नेरामाविले भन्यो विद्यालयका हिसावकिताव पारदर्शी छ

खजुरा । बाँकेको खजुरा स्थित नेरामाबिले बिद्यालयका विषयमा सामाजिक सञ्जालमा