८ बैशाख २०८३, मंगलबार | April 21, 2026

खजुराको क्यान्सर अस्पतालमा गरियो ‘स्टेज ४ बी’को अवस्थामा पुगेको जटिल अप्रेशन



खजुरा । सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराले जटिल अवस्थामा पुगेको मुखको क्यान्सरको सफल अप्रेसन गरेको छ । अस्पतालले बाँके जानकी गाउँपालिका वडा नं. ६, पिप्रहवाका राजकुमार लोनियाको जटिल अवस्था (स्टेज–४ बी) मा पुगेको मुखको क्यान्सरको सफल अप्रेसन गरेको हो ।

खजुरामा क्यान्सर अस्पताल संचालन भएपछि भएको अप्रेशन मध्य यो एक ठुलो केसको अप्रेशन भएको चिकित्सकहरुले बताएका छन् । पूर्णरुपमा साधन श्रोत उपलब्ध भइनसक्दै खजुरा स्थित अस्पतालमा यसप्रकारको जटिल अप्रेसन हुनुलाई चुनौतीपूर्ण मानिएको छ ।

अस्पतालका हेड एण्ड नेक सर्जन डा. ऋषिकेश ठाकुरले करिव आठ घण्टा लगाएर लोनियाको अप्रेसन सम्पन्न भएको अस्पताल प्रशासनले जनाएको छ ।

लखनउको अस्पतालले धेरै पैसा लाग्ने र निको हुने ग्यारेन्टी नभएको बताएपछि लोनिया खजुरा क्यान्सर अस्पतालमा आएका थिए । अस्पताल आएको १२ औं दिन शुक्रबार लोनिया सफल अप्रेसन गरेर घर फर्किएका छन् ।

मुख तथा अनुहारका सर्जन डा. शैलेश गौतमका अनुसार, लोनियाको घाउले छाला र हड्डी समातिसकेको थियो । मुख बन्द भइसकेको थियो । घाटीसम्म फैलिएको थियो । बंगाराको हड्डी र आँखा तलको हड्डी फालेर लोनियाको गालामा छातीको मासु निकालेर लगाइएको छ । यो चरणमा पुगेको क्यान्सरलाई स्केज ४ बी भनिन्छ । ‘स्टेज ४ सी’मा पुगेपछि समान्यतया अप्रेसन गर्न मिल्दैन ।’ डा. गौतमले भने ।

डा. ठाकुरले खजुरामा यो सहित खजुरामा थाइराइडका ठूला दुई वटा अप्रेसन गरेको बताए । अस्पतालका कार्यकारी निर्देशक डा. निरज भट्टराईले खजुरामा अहिले क्यान्सरका जटिल अप्रेसनहरु पनि हुन थालेको बताए । उनले फोक्सो, रगतको नसा, नाक, कान, घाँटीका ठूल्ठूला अप्रेसनहरु पश्चिम नेपालमा पहिलो पटक खजुरामा भइरहेको जानकारी दिए । पछिल्लो अप्रेशन कोमाण्डो प्रकृतिको भएको उनले बताए । क्यान्सरको लागि महत्वपूर्ण लिन्याक मसिन भन्सारमा आइपुगेको जानकारी दिँदै निर्देशक डा. भट्टराईले मसिन जडान भएपछि खजुराबाटै सबै प्रकारको क्यान्सरको उपचार दिन सकिने बताए ।

झण्डै ७ वर्ष अघि खजुरा र यस आसपासका स्थानीयबासीको मुट्ठी दानबाट संकलित ५ करोड बढी रकमबाट अस्पतालको जग बसेको भएपनि हाल अस्पताललाई संघीय सरकारले स्वामित्व ग्रहण गरेर संचालन गरिरहेको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ३ : १८ बजे

बुटवलमा बजार व्यवस्थापनमा कडाइ : सडकपेटी र पार्किङ नियन्त्रण गर्ने

बुटवल । बुटवल उपमहानगरपालिकाले बजार क्षेत्रको सडकपेटी अतिक्रमण, अव्यवस्थित पार्किङ

बुटवलमा ‘एटिएस एप’ सार्वजनिक, सवारी सुरक्षा र पार्किङ व्यवस्थापनमा सहयोगी हुने दाबी

बुटवल । सवारी साधनको सुरक्षा र पार्किङ समस्यालाई समाधान गर्ने

रवि लामिछानेको सांसद पद निलम्बन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई

एमालेले माग्यो गृहमन्त्री गुरुङको राजीनामा, उच्चस्तरीय छानबिन गर्न माग

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ विवादमा तानिएपछि उनको राजीनामाको माग

दाताले गरे पौडी पोखरीका लागि ‘वासिङ मसिन’ प्रदान

नेपालगन्ज । नेपालगन्जस्थित साविक मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको पौडी