१० भदौ २०८३, बुधबार | August 27, 2026

इङ्ग्ल्यान्डलाई हराउँदै साविक विश्वविजेता फ्रान्स विश्वकप फुटबल-२०२२ को सेमिफाइनलमा प्रवेश

सेमिफाइनलमा मोरोक्कोसँग भिडने



काठमाडौं । कतारमा जारी विश्वकप फुटबल -२०२२ को सेमिफाइनल समीकरण पूरा भएको छ । अन्तिम क्वार्टरफाइनलमा साविक विश्वविजेता फ्रान्सले इंग्ल्यान्डलाई २-१ गोल अन्तरले पराजित गरेसँगै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

फ्रान्सले अन्तिम चारमा स्थान बनाएसँगै कतार विश्वकपको अन्तिम चार टोलीको टुंगो लागेको हो । शनिबारको खेलमा पहिलो हाफमा फ्रान्सका लागि १७ औँ मिनेटमा टचमेन्डीले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ५४ औँ मिनेटमा इंग्ल्यान्डले पेनाल्टी पायो, जसमा कप्तान ह्यारी केनले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए । ७८ औँ मिनेटमा ओलिभर जिरुडको गोलबाट फ्रान्सले पुनः अग्रता बनायो ।

त्यसको केही मिनेटमै इंग्ल्यान्डले पेनाल्टी पाए पनि केन गोल गर्न असफल रहे । उनको प्रहार पोस्टभन्दा माथिबाट गएको थियो ।

अब सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन फ्रान्सले पहिलोपटक सेमिफाइनल पुगेको मोरोक्कोसँग खेल्नेछ । यता, साविक उपविजेता क्रोएसियाले दुईपटकको विश्वविजेता अजेन्टिनाको सामना गर्नेछ ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ६ : ०१ बजे

भोटेकोशी बाढी : हालसम्म मृत्युहुनेहरुको संख्या १ सय जना पुग्यो

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार राति २०:३०

भारत सरकारले पठायो १० टन राहत सामग्री

काठमाडौँ । भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि १० टन

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडा्रैं । भोटेकोसी बाढीको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापनाका

भोटेकोशी बाढी : ९५ जनको मृत्यु भएको पुष्टि, ठुलो संख्यामा सम्पर्क बिहिन

काठमाडौं । रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परि ९५ जनाको मृत्यु

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट