१७ असार २०८३, बुधबार | July 2, 2026

ओलीपछि प्रचण्डलाई भेट्न अर्जुननरसिंह केसी खुमलटारमा पुगे



काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले राजनीतिक भेटवार्तालाई तीव्रता दिएका छन् । नयाँ सरकार गठनको तयारी भइरहेका बेला उनले राजनीतिक भेटवार्तालाई तीव्रता दिएका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेपछि उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । आइतबार राति भक्तपुरको बालकोट पुगेर ओलीलाई भेटेका उनले सोमबार ललितपुरस्थित खुमलटार पुगेर प्रचण्डलाई भेटेका हुन् ।

दुवै राजनीतिक भेटवार्तामा सरकार गठनसहित राजनीतिक, समसामयिक विषयमा कुराकानी भएको छ । सोमबार प्रचण्डको जन्मदिनसमेत परेकाले नेता केसीले शुभकामना पनि दिएका छन् ।

कांग्रेसमा सरकारको नेतृत्व लिन आधा दर्जनजति आकांक्षीमध्ये केसीका ज्वाइँसमेत रहेका महामन्त्री गगन थापा पनि छन् । कांग्रेस संसदीय दलको नेतासहित प्रधानमन्त्री बन्ने दौडमा थापा रहेका बेला केसीको राजनीतिक भेटवार्ता भएको हो ।

भेटका क्रममा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका दुवैजनाले एकअर्कालाई बधाई साटासाट गरेका थिए ।

निर्वाचन परिणाम र संसदको अंकगणितिय उपस्थितिको समीक्षा गरेका प्रचण्ड र केसीबीच बालाजु बाईपास–ककनि (रानिपैवा-त्रिशुलि) अस्तव्यस्त रुपमा रहेको पुरानो पासाङल्याम्मु राजमार्ग छिटोभन्दा छिटो बनाउने विषयमा पनि कुराकानी भएको छ ।

अर्थतन्त्र सुधारको विषयमा गठबन्धन दलहरुबीच साझा अवधारणा तय गरि  र सहकार्य गरि अणाडि बढ्ने विषयमा पनि उनीहरुबीच कुराकानी भएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  ४ : ५२ बजे

अठार वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनमा

ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ सुरु

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ । दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका

सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन)