३१ आश्विन २०८३, शनिबार | October 18, 2026

जाजरकोट जीप दुर्घटना अपडेट : एकै वडाका आठसहित १२ जनाको मृत्यु



जाजरकोट । यहाँको छेडागाड नगरपालिकामा बोलेरो जिप दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी एकै वडाका आठ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा चालक भगवतीमाई गाउँपालिका-२ दैलेखका मानबहादुर रावत, सहचालक सोही पालिका वडा नं ३ का वीरेन्द्र केसी र अम्मर खड्का रहेका छन् ।

त्यसैगरी जारजरकोट छेडागाड नगरपालिका-५ का दीपक अधिकारी, नैनसरा अधिकारी, जैकुवरा बुढा, रामबहादुर बुढा, देवीसरा बुढा, अमर अधिकारी, निशा अधिकारीको मृत्यु भएको छ ।

त्यस्तै घाइते जैभान अधिकारीको उपचारका क्रम्मा सुर्खेतस्थित प्रदेश अस्पतालमा मृत्यु भएको छ । छेडागाड-६ का वीरबहादुर खत्रीको मृत्यु जिल्ला प्रहरी कार्यालय जाजरकोट प्रहरी नायब उपरीक्षक सन्तोष निरौलाले बताए ।

कर्णाली प्रदेश २००१ च ०४२९ नंको निजी जिप छेडागाड-३ जेवाबाट सोही नगरको वडा नं ४ को लेवातर्फ जाँदै गर्दा दशेराको भिरबाट खसेको थियो ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ७ : ५६ बजे

रेमिट्यान्सलाई सरल र विश्वासिलो बनाउन माछापुच्छ्रे बैंक र युनाईटेड रेमिटबीच सम्झौता

विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथा विश्वासिलो बनाउने

देशैभरका इलाका प्रहरी कार्यालयमा बाँके खजुराको इप्रका सर्वोत्कृष्ट

नेपालगन्ज । बाँकेको खजुरा स्थित इलाका प्रहरी कार्यालय धनौली, देशैभरका

बागेश्वरी मन्दिरमा धुमधामका साथ फूलपाती भित्राइयो

नेपालगन्ज । हिन्दु धर्मावलम्बीको ठूलो पर्व बडादशैंको सातौँ दिन शनिबार

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

काठमाडौँ । नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा