१ भदौ २०८३, सोमबार | August 17, 2026

राष्ट्रिय परिचयपत्रका लागि दुई लाख ९० हजारको विवरण सङ्कलन


२६ मंसिर २०७९, सोमबार  

754
Shares

विराटनगर । राष्ट्रिय परिचयपत्रका लागि मोरङमा दुई लाख ९० हजार जनाको विवरण सङ्कलन गरिएको छ । गत कात्तिकदेखि यहाँका एक महानगरसहित १७ पालिकामा विवरण सङ्कलन गर्न सुरु गरिएको थियो ।

बेलबारी, सुन्दरहरैंचा, बुढीगङ्गा र विराटनगर महानगरपालिकाबाहेक सबै पालिकामा राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गर्ने काम सम्पन्न भएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए । उनका अनुसार देशभरका ३५ जिल्लाका ९६ लाखको विवरण सङ्कलन भइसकेको छ ।

मोरङको बेलबारी नगरपालिकामा आज आयोजित राष्ट्रिय परिचयपत्रको लागि विवरण दर्ता अभियानसम्बन्धी अन्तरक्रियामा प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले राष्ट्रिय परिचयपत्र निकै महत्वपूर्ण हुने भनिएकाले यस्तो अभियानमा सरिक हुन आग्रह गरे । उनले जिल्ला प्रशासन कार्यालयमा दैनिक सात सय मानिसलाई राहदानी, सिफारिस, नागरिकता तथा राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  ८ : ३२ बजे

पत्रकार किशोर श्रेष्ठलाई थुनामुक्त गर्न सर्वोच्चको परमादेश (पूर्णपाठसहित)

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक

बागमतीमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान

हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ सरकार

काभ्रे जीप दुर्घटनाः मृतकको पहिचान खुल्यो, घाइतेलाई धुलिखेल अस्पताल ल्याइयो

काभ्रेपलाञ्चोक । खानीखोला गाउँपालिका–१ स्याउथलीमा आज मध्याह्न भएको जीप दुर्घटनामा

परराष्ट्रको ‘नेपाली नागरिकको उद्धार तथा शव फिर्ती कार्यविधि’ अर्थमा

काठमाडौं । परराष्ट्र मन्त्रालयले विदेशमा रहेका नेपाली नागरिकको उद्धार तथा

३५० रुपैयाँको सामान किनेका उपभोक्ताले जितो १० लाखको बम्पर उपहार

काठमाडौं । करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत साउनको दोस्रो पाक्षिक पुरस्कारका विजेताहरू