१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

कालिका मानवज्ञानले धुमधामसँग ६२ औं वार्षिकोत्सव मनाउँदै



बुटवल । सामुदायिक विद्यालयमा नेपालमै चर्चा कमाउन सफल बुटवलको कालिका मानवज्ञान माध्यामिक विद्यालयले आफ्नो ६२ औं वार्षिकोत्सव धुमधामसँग मनाउने भएको छ । विद्यालयले पुस १ देखि ७ गतेसम्म एक साताको विशेष कार्यक्रम गरि वार्षिकोत्सव तथा अभिभावक दिवस मनाउने भएको हो ।आज विद्यालय परिषरमा पत्रकार सम्मेलन गर्दै कालिका मानवज्ञान माबीले सप्ताहब्यापी कार्यक्रम अन्तरगत जिल्लास्तरिय कालिका रनिङ शिल्ड प्रतियोगिताको दोस्रो संस्करण आयोजना गरिने जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै विद्यालयका प्रधानाध्यापक दिनेश थापाले प्रतियोगिताको सबै तयारी पूरा भएको बताए। उनले रनिङ शिल्प्रतियोगिता बिस २०४६ सालमा नगरस्तरीय रनिङसिल्डबाट प्रारम्भ भएको जानकारी दिए । उनले प्रतियोगितामा २४ स्वर्ण, २४ रजत र २४ कास्य पदक गरि ७२ पदकमा खेलाडीहरुले प्रतिस्पर्धा हुने बताए । थापाका अनुसार ४५ वटा विद्यालय सहभागी हुने प्रतियोगितामा प्रथम, द्घितिय र तृतीय टिमलाई नगद ५० हजार, ३० हजार र २० हजार रुपैया, शिल्ड, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ।

कार्यक्रममा प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराईले रनिङ सिल्ड अनावरण गर्दै खेलकुदमा अगाडि लुम्बिनी प्रदेशमा अझै पनि नितिगत र संरचनागत अभाव रहेको बताए। अझै पनि प्रदेशभित्र बन्ने पुर्वाधारमा समस्या र कर्मचारी समायोजनको जटिलता रहेको उनले बताए। उनले राज्यले व्यवहारिक खुलकुद नीति बनाउन नसक्दा खेलकुदको विकास हुन नसकेको बताए ।

कार्यक्रममा विद्यालयका निवर्तमान अध्यक्ष होम बहादुर गलामी, बुटवल कालिका कलेजका प्राचार्य घनश्याम पाठक, रुपन्देही जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राजेन्द्र श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । कालिकाका खेल संयोजक हरिस वलीका अनुसार जिल्लाका ४५ वटा विद्यालयका २ हजार ४ सय खेलाडीहरु भाग लिने छन।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  १ : ५९ बजे

बालेन्द्र शाह ४३औँ प्रधानमन्त्री नियुक्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवं संसदीय

माइन, मिसाइल र लामो समुद्री तट : हर्मुज जलडमरूमा इरानको बलियो पकड

पश्चिम एशियाको हर्मुज जलडमरु लगभग चार हप्तादेखि प्रभावकारी रूपमा बन्द

मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै

महोत्तरी । मिथिलाञ्चलमा आज विविध धार्मिक अनुष्ठान गरेर रामजन्मोत्सव धुमधामका

परम्परा तोड्दै ‘कोर्ट म्यारिज’ प्रति आकर्षण बढ्दो

काठमाडौं । यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट

शैक्षिक गुणस्तर सुधार्न विद्यालयमा पूर्वाधार विकास

सिरहा । यहाँको लहान नगरपालिका-८ स्थित सिद्धार्थ आधारभूत विद्यालयमा बिहीबार