२० मंसिर २०८२, शनिबार | December 6, 2025

कालिका मानवज्ञानले धुमधामसँग ६२ औं वार्षिकोत्सव मनाउँदै



बुटवल । सामुदायिक विद्यालयमा नेपालमै चर्चा कमाउन सफल बुटवलको कालिका मानवज्ञान माध्यामिक विद्यालयले आफ्नो ६२ औं वार्षिकोत्सव धुमधामसँग मनाउने भएको छ । विद्यालयले पुस १ देखि ७ गतेसम्म एक साताको विशेष कार्यक्रम गरि वार्षिकोत्सव तथा अभिभावक दिवस मनाउने भएको हो ।आज विद्यालय परिषरमा पत्रकार सम्मेलन गर्दै कालिका मानवज्ञान माबीले सप्ताहब्यापी कार्यक्रम अन्तरगत जिल्लास्तरिय कालिका रनिङ शिल्ड प्रतियोगिताको दोस्रो संस्करण आयोजना गरिने जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै विद्यालयका प्रधानाध्यापक दिनेश थापाले प्रतियोगिताको सबै तयारी पूरा भएको बताए। उनले रनिङ शिल्प्रतियोगिता बिस २०४६ सालमा नगरस्तरीय रनिङसिल्डबाट प्रारम्भ भएको जानकारी दिए । उनले प्रतियोगितामा २४ स्वर्ण, २४ रजत र २४ कास्य पदक गरि ७२ पदकमा खेलाडीहरुले प्रतिस्पर्धा हुने बताए । थापाका अनुसार ४५ वटा विद्यालय सहभागी हुने प्रतियोगितामा प्रथम, द्घितिय र तृतीय टिमलाई नगद ५० हजार, ३० हजार र २० हजार रुपैया, शिल्ड, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ।

कार्यक्रममा प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराईले रनिङ सिल्ड अनावरण गर्दै खेलकुदमा अगाडि लुम्बिनी प्रदेशमा अझै पनि नितिगत र संरचनागत अभाव रहेको बताए। अझै पनि प्रदेशभित्र बन्ने पुर्वाधारमा समस्या र कर्मचारी समायोजनको जटिलता रहेको उनले बताए। उनले राज्यले व्यवहारिक खुलकुद नीति बनाउन नसक्दा खेलकुदको विकास हुन नसकेको बताए ।

कार्यक्रममा विद्यालयका निवर्तमान अध्यक्ष होम बहादुर गलामी, बुटवल कालिका कलेजका प्राचार्य घनश्याम पाठक, रुपन्देही जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राजेन्द्र श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । कालिकाका खेल संयोजक हरिस वलीका अनुसार जिल्लाका ४५ वटा विद्यालयका २ हजार ४ सय खेलाडीहरु भाग लिने छन।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  १ : ५९ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले