२९ मंसिर २०८२, सोमबार | December 15, 2025

काभ्रे बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १७ पुग्यो



काठमाडौं । काभ्रपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिकामा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ ।

बेथानचोक ४ स्थित चलाल गणेशस्थानको सल्लाफेद भन्ने स्थानमा मंगलबार साँझ ६ बजेतिर बस दुर्घटनामा परेको थियो । सो बस बेथानकोटबाट पनौती नगरपालिका–४ सल्ले फर्किदै थियो ।

दुर्घटनामा १७ यात्रुको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले बताएका छन् ।

दुर्घटनाका घाइते मध्ये शिर मेमोरियल अस्पताल बनेपामा पुर्याइएका १४ मध्ये ४ जनाको अवस्था गम्भीर भएपछि काठमाडौं रिफर गरिएको छ । केही घाइतेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

बसमा ठ्याक्कै कतिजना यात्रु थिए भन्ने अझै पनि यकिन हुन सकेको छैन । । दुर्घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेना र स्थानीय बासिन्दाले उद्धार जारी राखेका छन् ।

 

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ९ : ११ बजे

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार