४ पुस २०८२, शुक्रबार | December 19, 2025

दुर्घटनाका घाइतेको तत्काल उद्धार गरी उपचार गर्न गृहमन्त्रीको निर्देशन



काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले काभ्रेको बेथानचोक गाउँपालिका–४ स्थित चलाल गणेशस्थानमा आज साँझ भएको दुर्घटनाका घाइतेलाई तत्काल उद्धार गर्न निर्देशन दिएका छन् ।

गृहमन्त्री खाणले घाइतेको उपचारका लागि अस्पतालसम्म पु¥याउने व्यवस्था गर्न गृह प्रशासन, काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीलाई निर्देशन दिएका हुन् । उनले गृहसचिव विनोदप्रकाश सिंहलाई दुर्घटनामा परी घाइते भएकाको उपचारका लागि जिल्लाको स्रोत र साधनले नपुग्ने भए मन्त्रालयबाट तत्काल व्यवस्था गर्न निर्देशन दिएका छन् ।

प्रमुख जिल्ला अधिकारी पाण्डेलाई थप स्रोतसाधन आवश्यक पर्ने भए मन्त्रालयमा लेखी पठाउनसमेत निर्देशन दिनुका साथै घाइतेको उद्धार र उपचारमा कुनै कसर बाँकी नराख्न र स्रोतसाधनको कमी भएमा मन्त्रालयमा लेखी पठाउन मन्त्री खाणबाट निर्देशन आएको प्रजिअ पाण्डेले बताए ।

प्रजिअ पाण्डेका अनुसार आज साँझ बनेपा नगरपालिका वडा नं ११ बाट ब्रतबन्धका लागि बेथानचोकको वडा नं ५ स्थित च्याल्टी पुगेर फर्किँदै गरेको बा ३ ख ४३८५ नम्बरको रिजर्भ बस दुर्घटना परेको थियो । सो दुर्घटनामा परी १७ जनाको मृत्यु भएको छ ।

घाइतेको शिर मेमोरियल अस्पताल र धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बसमा कति यात्रु सवार कति थिए भन्ने यकिन नभएको र घटनास्थलबाट नेपाल प्रहरी र नेपाली सेनाको टोलीले डोजर प्रयोग गरी उद्धार गरिरहेको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ९ : ३० बजे

देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ

पाटन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशभर स्थानीय

योजना र नतिजा विश्लेषण बिनाको खर्चले राज्यप्रति विश्वास घट्यो : उद्योगमन्त्री सिन्हा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले योजना, प्राथमिकता

शुक्रबार सुनको मूल्य तोलामा २ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही अदालत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइको प्रक्रिया

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ