१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

प्रदेश राजधानी कार्यान्वयन गरेर प्रदेश सरकारको साहस प्रदर्शन : मुख्यमन्त्री केसी



देउखुरी । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले आजबाट लुम्बिनी प्रदेश सरकारको सम्पूर्ण काम देउखुरीबाट प्रारम्भ भएको घोषणा गरेका छन् ।

प्रदेश राजधानी शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री केसीले प्रदेशको गौरवको आयोजना अन्तर्गत राजधानी कार्यान्वयन, पहाडी सडक, प्रादेशिक अस्पताल, प्रदे विश्वविद्यालय स्थापना प्रदेश सरकारको उपलब्धि भएको बताए ।

कुनै परिणामका लागि साहस चाहिने बताउँदै मुख्यमन्त्री केसीले त्यहि साहस प्रदर्शन अन्तर्गत संघीयता कार्यान्वयनमा आफ्नो सरकार सफल भएको दाबी गरे ।

उनले प्रदेशको निशान छापबाट ‘प्रदेश मुकाम बुटवल’ भनेर लेखिएको अब नरहने घोषणा गरे । ‘लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवल भनेर निशान छापमा रहेको शब्द हटाएर अब स्थायी राजधानी ‘देउखुरी’ उल्लेख हुनेछ ।’ उनले भने ।

उनले राजधानी कार्यान्वयनमा सहयोग गर्ने मन्त्रीहरू, सभामुख, उपसभामुख सहित कर्मचारी र सुरक्षा निकायलाई धन्यवाद दिए ।

संरचना नबन्दै अस्थायी राजधानी बुटवलबाट रातारात मन्त्रालय सारेर देऊखुरी पुर्याइएको आलोचना बीच बुधबार तामझामकासाथ  प्रदेश प्रमुखबाट झण्डोत्तलन गराई राजधानीबाट कार्य प्रारम्भ गरिएको छ ।

कार्यक्रममा लुम्बिनी प्रदेशसभाका सभामुख पुर्ण घर्ती, प्रदेश स्वास्थ्य मन्त्री ईन्द्रजित चौधरी, प्रमुख सचिव डा. दिपक काफ्ले लगायतले बोलेका थिए । कार्यक्रममा देउखुरी क्षेत्रका स्थानीयले झाँकी प्रदर्शन गरेका थिए ।

 

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  २ : ४९ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले