२२ मंसिर २०८२, सोमबार | December 8, 2025

विश्वकप फुटबल : तेस्रो स्थानका लागि मोरक्को र क्रोएसिया भिड्ने



काठमाडौं । फिफा विश्वकप फुटबल-२०२२ मा तेस्रो स्थानका लागि साविक उपविजेता क्रोएसिया र अफ्रिकन राष्ट्र मोरक्को भिड्ने भएका छन् । यसअघि समूह चरणमा खेलेका यी टोलीले जारी विश्वकपमै दोस्रो पटक भेट हुने पक्का भएको हो ।

मोरक्को सेमिफाइनलमा साविक विजेता फ्रान्ससँग २-० ले पराजित भएपछि तेस्रो स्थानका लागि खेल्न लागेको हो । क्रोएसिया मंगलबार राति अर्जेन्टिनासँग ३-० ले पराजित भएको थियो । यसअघि समूह चरणमा गोलरहित बराबरी खेलेका थिए ।

यी दुई टोलीको खेल शनिबार राति ८ः४५ बजे खालिफा इन्टरनेशनल स्टेडियममा हुनेछ । मोरक्को समूह विजेता र क्रोएसिया उपविजेता बन्दै नकआउटमा प्रवेश गरेका थिए ।

अन्तिम १६ मा क्रोएसियाले जापानलाई र मोरक्कोले स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गरेका थिए । क्वार्टरफाइनलमा क्रोएसियाले ब्राजिललाई पेनाल्टी सुटआउटमै पराजित गर्दा मोरक्कोले पोर्चुगललाई १-० ले पराजित गरेको थियो । उस्तै नतिजासहित सेमिफाइनलमा पुगेका दुई टोलीको यात्रा सेमिफाइनलबाट अगाडि बढ्न नसकेको हो ।

यसअघिको विश्वकपमा फाइनलमा पुगेको क्रोएसियाले पनि विश्वकपको उपाधि जित्न सकेको छैन । मोरक्को भने पहिलो पटक सेमिफाइनलमा पुगेको थियो । समूह चरणमा मोरक्कोले बेल्जियमलाई पराजित गरेको थियो भने क्रोएसियार बेल्जियमले बराबरी खेलेका थिए ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहिबार  ७ : ५३ बजे

एमाले महाधिवेशनको तयारी तीव्र

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ महाधिवेशनको उद्घाटनस्थल भक्तपुरको

फरक मतमाथि असहिष्णु नबन्न पार्टी संस्थापन पक्षलाई ईश्वर पोखरेलले गराए सचेत (अवधारणापत्र)

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले फरक मत

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन प्रचण्डसमक्ष आग्रह

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्वासी

भानुभक्तका पाण्डुुलिपिको संरक्षणसँगै जन्मस्थलको विकासको चासो

पोखरा । “भर् जन्म घाँस तिर मन् दिई धन कमायो

लुम्बिनी ईटा संघमा पदस्थापन, सस्थागत सदृढिकरणमा जोड

भैरहवा । लुम्बिनी ईटा उद्योग व्यवसायि संघमा निर्वाचित नयाँ कार्यसमितिलाई