२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

कांग्रेसले भेटेन आफ्नै केन्द्रीय सदस्यको फोटो



काठमाडौं । नेपाली कांग्रेसले आफ्नै केन्द्रीय सदस्यको फोटो नभेट्दा चुनाव चिह्न रुखको फोटो राखेर काम चलाएको छ । गत वर्ष १४औँ महाअधिवेशनमा निर्वाचित केन्द्रीय सदस्यहरुको फोटो नपाएपछि कांग्रेसले रुखको फोटो राखेर काम चलाएको हो ।

गत वर्षको मंसिरमा कांग्रेसको १४औँ महाधिवेशन भएको थियो । उक्त महाधिवेशनबाट चयन भएका केन्द्रीय कार्यसमिति सदस्यको नाम  कांग्रेसको आधिकारिक वेबपेजमा राखिएको छ । उक्त नाम राख्नेक्रममा ६३ जनाको फोटो राखिएको छैन भने बाँकीको तस्बिर राखिएको छ ।

महाअधिवेशन भएको एक वर्ष पूरा भइसक्दा पनि कांग्रेसले आफ्नै केन्द्रीय सदस्यको फोटो राख्न नसकेर रुखको तस्बिर राखेको छ । साथै नामको तल सामाजिक सञ्जालको लिंकका लागि लोगो राखिएको छ । तर, लोगो राखिएकोमा क्लिक गर्दा फेसबुक र ट्वीटरमा खुल्दैन ।

१४७ जनाको नाम राखिएको केन्द्रीय कार्यसमिति सदस्यको तालिकामा ६३ जना सदस्यको फोटो छैन ।

फोटो नराखिएका केन्द्रीय समिति सदस्यहरू

मिनाक्षी झा, केशवकुमार बुढाथोकी,  कल्याणकुमार गुरुङ, कर्णबहादुर बुढा, कल्पना चौधरी, यज्ञराज जोशी, रमा कोइराला (पौडेल), टेकप्रसाद गुरुङ,    महेन्द्रकुमार राय,  गेहेन्द्र गिरी, नारायणबहादुर कार्की, सञ्जयकुमार गौतम, तारामान गुरुङ, आङ्गेलु शेर्पा,  मधु आचार्य,  दिनेशकुमार यादव,  मदनबहादुर अमात्य,  राजीव कोइराला,   अब्दुल रज्जाक, टेकबहादुर गुरुङ,  प्रदीपकुमार सुनुवार,  चन्द्रबहादुर के.सी,   मानबहादुर नेपाली,   अब्दुल सत्तार,   गोविन्दबहादुर शाह,   राजेन्द्रकुमार के।सी।,   डा. रणबहादुर रावल,   अर्जुनजंगबहादुर सिंह,   दिलमान पाख्रिन,    महेन्द्र कुमारी लिम्बू, राजीवबिक्रम शाह,  डा. चन्द्रमोहन यादव,  अञ्जनी श्रेष्ठ, मैकुलाल वाल्मिकी, सरस्वती बजिमय,  चम्पादेवी खड्का, प्रकाश रसाईली स्नेही,  मोहन आचार्य,   मुक्ताकुमारी यादव,  रंगमती शाही, मञ्जुकुमारी यादव, सरस्वती अर्याल, तिवारी,   मञ्जु खाण,  गुरु बराल,   कुन्दनराज काफ्ले,    जावेदा खातुन जागा, हरिशरण नेपाली, जानकी सिंह, प्रा।डा। गोविन्दराज पोखरेल,  सुशीला भट्ट, मिश्र, मदनकृष्ण श्रेष्ठ,  भीम पराजुली, नृपबहादुर बड,  कान्तिका सैजुवाल,   गंगालक्ष्मी अवाल,   उर्मिला नेपाल के।सी,   सुशीला थिङ,   माया राई,  सुशीला ढकाल (आचार्य),   गणेश लामा,   रूपा वि.क  र विद्यादेवी तिमिल्सीना

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहिबार  २ : ५९ बजे

इरानका नागरिकलाई नेपाल सरकारले ‘अनअराइवल’ भिसा उपलब्ध नगराउने

काठमाडौं । नेपाल भ्रमण गर्न चाहने इरानका नागरिकलाई नेपाल सरकारले

इरानी स्कुलमा भएको मिसाइल आक्रमण पीडितलाई चीनले २ लाख डलर सहयोग दिने

बेइजिङ । चीनले पश्चिमएशिया युद्धको सुरुआतमा इरानको एक विद्यालयमा भएको

एलपी ग्यास संकटबारे सरकारसँग सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं । राजधानीमा पछिल्ला दिनहरूमा देखिएको खाना पकाउने एलपी ग्यासको

इरानी नाविकका शव श्रीलङ्काबाट फिर्ता

कोलम्बो । श्रीलङ्काले आफ्नो तट नजिक अमेरिकी पनडुब्बीको आक्रमणमा मारिएका

‘पश्चिम एशियामा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

काठमाडौं । नेपालमा भित्रने विप्रेषण (रेमिट्यान्स) र इन्धनको प्रमुख स्रोतका