२७ बैशाख २०८१, बिहिबार | May 9, 2024

पर्यटकीयस्थल पाँचपोखरी सरसफाइ अभियान : पाँच सय किलो फोहर सङ्कलन


१ पुस २०७९, शुक्रबार  

260
Shares

सिन्धुपाल्चोक । पर्यटकीयस्थल पाँचपोखरीको सरसफाइ अभियानबाट पाँच सय किलो फोहर सङ्कलन गरिएको छ ।

कुहिने र नकुहिने गरी पाँच सय किलो फोहर सङ्कलन गरी भरियामार्फत भोताङको फोहर सङ्कलन केन्द्रमा ल्याइएको सहयोगी संस्था आर्सो नेपालका परियोजना संयोजक हर्क तामङले बताए ।

‘पर्यटन प्रवद्र्धनमा हाम्रो दृष्टि, सफा राखौँ आफ्नो सृष्टि’ भन्ने नाराका साथ गत मङ्गलबारदेखि पाँचपोखरी थाङ्पाल गाउँपालिकाको भोताङबाट सरसफाइ अभियान सुरु गरिएको संस्कृति पर्यटन प्रवद्र्धन समितिका सचिव मुकुन्द पाण्डेले जानकारी दिए ।

पाँचपोखरी थाङ्पाल गाउँपालिकाको आयोजना, नेपाल पर्यटन बोर्ड, न्यूभिजन नेपालको सहआयोजना तथा आर्सो नेपाल र टिजी एच नेपालको समन्वयमा विश्वकै नवौँ अग्लो स्थानमा पर्ने पाँचपोखरीको सरसफाइ अभियान गरिएको हो ।

पाँचपोखरी नेपाल भ्रमण वर्ष २०२० मा घुम्नैपर्ने पर्यटकीयस्थलहरूको सूचीमा समेत परेको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए । जनै पूर्णिमाका अवसरमा मेला लाग्ने र भक्तजन तथा पर्यटकले प्लाष्टिक, बोतललगायत अन्य सामग्रीको जथाभावी प्रयोगले वातावरण बिग्रने हुनाले सरसफाइ अभियान सञ्चालन गरिएको अध्यक्ष लामाले जानकारी दिए ।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  ७ : २० बजे

पतिको हत्या अभियोगमा पत्नी पक्राउ

दाङ । उपमहानगरपालिका–१८ बस्ने ५५ वर्षीय ओबिराम वलीको हत्या गरेको

अन्डर-यू-१४-टी-२० क्रिकेट प्रतियोगिताको उपाधी न्यू होराइजनलाई

बुटवल । बुटवलमा सम्पन्न भएको अन्डर-यू-१४-टी-२० क्रिकेट प्रतियोगिताको उपाधी न्यू

बुटवलमा आजदेखि अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिता सुरु

बुटवल । बुटवलमा आजदेखि अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल

कोशीका मुख्यमन्त्री कार्कीले लिए शपथ, दुई मन्त्री नियुक्त

काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा