१५ बैशाख २०८१, शनिबार | April 27, 2024

पाँचपोखरी जानेको चहलपहल सुरु



सिन्धुपाल्चोक । जनैपूर्णिमाको अवसरमा सिन्धुपाल्चोकको पाँचपोखरी जानेहरुको चहलपहल बढेको छ । एकादशीदेखि एक हप्तासम्म लाग्ने मेलाका लागि पाँचपोखरी थाङपाल गाउँपालिका-३ मा रहेको प्रसिद्ध धार्मिकस्थल पाँचपोखरीमा भत्तजनको चहलपहल बढ्न थालेको हो ।

पाँचपोखरी थाङ्पाल गाउँपालिका अध्यक्ष टासी लामाले मेलामा आउने भत्तजनलाई स्वागत गर्दै मेलम्ची नगरपालिकासँगको सीमा खाल्डेखोलामा रहेको सूचना केन्द्रबाट जानकारी लिन आग्रह गरे । पाँचपोखरी थाङपाल प्रवेश गर्ने मुख्यमार्ग पहिराको कारण अवरुद्ध भए पनि वैकल्पिक माध्यमबाट त्यहाँ पुग्ने व्यवस्था मिलाइएको छ ।

यस वर्षको जनैपूर्णिमा भदौ १४ गते परेको छ । समुद्री सतहबाट करिब चार हजार ६० मिटर उचाइमा रहेको यो क्षेत्रमा साना ठूलो गरी पाँच वटा पोखरी छन् । अध्यक्ष लामाका अनुसार मेला भर्न आएका भक्तजनलाई खाने, बस्ने व्यवस्थाका लागि स्थानीय होटल व्यवसायीमार्फत होटल, लज तथा होमस्टे व्यवस्थापन गरिएको छ । चिया, नास्ता तथा खाना र बासको व्यवस्था गरिएको छ ।

यात्राका क्रममा यात्रुको स्वास्थ्यमा केही समस्या आए उपचार गराउन चिकित्सकको पनि व्यवस्थापन गरिएको वडा नम्बर ३ का वडा अध्यक्ष ङिमाछिरिङ तामाङले बताए ।

पाँचपोखरी इन्द्रावती नदीको उद्गमस्थल हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रवर्द्धन गर्नुपर्ने नयाँ एक सय वटा पर्यटकीय गन्तव्यमा सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरीलाई पनि छनोट गरिएको छ । विशेषगरी यहाँ जाने भक्तजन खेतिपातीमा उन्नतीको आशीर्वाद माग्ने गर्छन् । पाँचपोखरीमा रहेको भगवान् शिवको मन्दिरमा आई पूजा गरेमा सुख, शान्ति र महिलाले राम्रो वर पाउने र विहे पश्चात् सन्तान नहुनेको मनोकामना पूरा हुने जनविश्वास छ ।

पाँचपोखरीमा एकादशीदेखि जनैपूर्णिमाको दिनसम्म विशेष मेला लाग्ने गर्दछ । मेलामा सिन्धुपाल्चोक र आसपासका जिल्लासहित काठमाडौं उपत्यकाबाट उल्लेखय सङ्ख्यामा दर्शनार्थी पुग्ने गरेका छन् । काठमाडौंबाट मेलम्ची, तिपेनी, थाङपालधाप हुँदै भोताङसम्मको बस यात्रापछि एकदेखि डेढ दिनको पैदलपछि पाँचपोखरी पुग्न सकिन्छ । भ्रमणका लागि समय र फुर्सदअनुसार यसलाई लम्ब्याएर पाँच तथा सात दिन लगाएर त्यहाँको परम्परागत जीवनशैलीको आनन्द लिन सकिन्छ ।

भैरवकुण्ड, सरस्वती कुण्ड, गणेश कुण्ड, सूर्य कुण्ड र नाग कुण्ड गरी पाँचवटा कुण्ड अर्थात् पोखरी रहेकाले यस स्थानको नाम पाँचपोखरी रहन गएको हो । धार्मिक महत्वका साथ यस स्थानमा जाने मानिस जनैपूर्णिमालाई लक्षित गरेर जाने गर्छन् भने प्राकृतिक सौन्दर्य निहार्न जाने प्रायः असोज कात्तिकमा जाने गर्दछन् ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  ६ : ५१ बजे

भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

नेपालगन्ज । नेपालगञ्जस्थित भेरी अस्पतालमा रेबिज रोगविरुद्धको खोप नहुँदा सर्वसाधारण

 ‘अब त्रिविले समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशन गर्नेछ’  :  शिक्षाध्यक्ष प्राडा केसी

काठमाडौं । नेपाल सरकारले हालै त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्षमा प्रोफेसर डा

टस जितेपछि वेस्ट इन्डिज ए विरुद्ध नेपालले पहिले बलिङ गर्दै

काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको

ताइवानमा ६.१ रेक्टरको भूकम्प

काठमाडौं । ताइवानमा भूकम्पको धक्का महसुस गरिएको छ । ताइवानको