१८ असार २०८३, बिहिबार | July 2, 2026

कांग्रेसका दर्जन केन्द्रीय सदस्यद्वारा केन्द्रीय समिति बैठक बोलाउन माग



काठमाडौं । नेपाली कांग्रेसका करिब एक दर्जन केन्द्रीय सदस्यको बैठकले पार्टी सुदृढीकरणका लागि छलफल गरेको छ ।

ललितपुरको एक होटलमा आयोजित छलफलमा केन्द्रीय सदस्य मीन विश्वकर्मा, नैनसिंह महर, मदन अमात्य, योगेन्द्र चौधरी, भोजराज श्रेष्ठ, हरिकृष्ण नेपाली, नानू बास्तोला, सरसवती अर्याल अबदुल मियाँलगायतले चाँडो केन्द्रीय समिति बैठक बोलाउन माग गरेका हुन् ।

संकटग्रस्त अर्थतन्त्र र चुनावी समीक्षाका लागि केन्द्रीय समिति बैठकको माग गर्न बैठकले निष्कर्ष निकाले विश्वकर्माले बताए ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको एक महिना भइसक्दा पनि कांग्रेसले चुनावी समीक्षासमेत गरेको छैन । केन्द्रीय सदस्यहरूले संस्थापन पक्षभित्र केही नेताहरूको मनोपोली चलेकोमा चिन्ता व्यक्त गरेका थिए ।

संस्थापक पक्षभित्र भइरहेको पक्षपाती व्यवहारबारे सभापति शेरबहादुर देउवालाई भेटेर उनीहरूले ध्यानाकर्षण गराउने भएका छन् ।  केन्द्रीय समितिमा मोर्चाबन्दी गरेर दबाब बढाउने उनीहरूको तयारी छ । विश्वकर्माले छलफललाई आगामी दिनमा अगाडि बढाउने बताए ।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  ८ : ४६ बजे

जलविरेमा सुख्खा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक अवरुद्ध

चितवन । मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत जलविरे नजिक बिहीबार सुख्खा पहिरो खस्दा

आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

जनकपुरधाम, १८ असार : गर्मीयाम सुरु हुनासाथ सप्तरीको सुरुङ्गा नगरपालिका–६

कपडाको ‘कार्गो’मा सुनचाँदीका गहना फेला

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट सुन तथा चाँदीका गरगहनासहित दुई

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक आह्वान गरेका

पत्रकार खेम भण्डारी पक्राउ

काठमाडौं । पत्रकार खेम भण्डारी पक्राउ परेका छन् । कञ्चनपुरको