८ चैत्र २०८२, आइतबार | March 23, 2026

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी तिब्र, राष्ट्रपति भण्डारीबाट उदघाटन हुने



बुटवल । ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार’ भन्ने मूल नाराकासाथ बुटवलमा यही पौष ७ गतेदेखि सञ्चालन हुने १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारीलाई तिब्रता प्रदान गरिएको छ । रुपन्देही उद्योग संघको मुख्य आयोजनामा हुन लागेको महोत्सवका आयोजित पत्रकार सम्मेलनमा मेलाको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराइयो ।

पत्रकार सम्मेलनमा बोल्दै रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेलले बुटवल मण्डपमा निर्माणाधिन अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना गर्न लागिएको महोत्सवको राष्ट्रपति विद्यादेबी भण्डारीबाट उदघाटन हुने जानकारी दिए । उनले विभिन्न १० वटा पेभेलियनमा ४५० स्टल सहभागी हुने बताए । अध्यक्ष पौडेलले स्वदेशी उत्पादनको प्रदर्शनी, नयाँ प्रविधिको खोजी, कला र सँस्कृतिको जगेर्ना, कृषिको व्यवसायीकरण, पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको बताए । मेलामा युवा उद्यमीलाई प्रोत्साहन तथा स्वरोजगार सृजनाका लागि गोष्ठी तथा अन्तरक्रिया समेत गरिने उनले जानकारी दिए ।

प्रदर्शनीमा औद्योगिक प्रविधि, रेस्टुरेन्ट, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, आइटी लगायतका स्टलहरु सहभागी हुने छन् ।

प्रदर्शनीलाई मनोरन्जनात्मक बनाउन लोक दोहोरी प्रतियोगिता, नेपालका ख्याति प्राप्त आधुनिक गायक गायिका, हास्य कलाकार, स्थानीय कलाकारहरुको प्रस्तुती सांगितिक कार्यक्रम, विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, कलेजस्तरीय अन्तर कलेजका प्रतियोगिता, लोक भजन प्रतियोगिता, प्रदर्शनी आइडल टिकटक ट्यालेन्ट हण्ट आदि प्रतियोगिताहरु रहने आयोजकले जनाएको छ ।

उद्योगसंघ सहित लुम्बिनी प्रदेश उद्योग परिसंघ र नेपाल उद्योग परिसंघ काठमाण्डौ समेत आयोजक रहेको महोत्सवमा ७ लाख दर्शकले अवलोकन गर्ने तथा २५ करोड बढीको आर्थिक कारोबार गर्ने लक्ष्य राखिएको छ । पौष ७ देखि १९ गतेसम्म सञ्चालन हुने मेलामा विद्यार्थीका लागि ५० तथा अन्यका लागि ६० रुपैया प्रवेश टिकटको व्यवस्था गरिएको छ ।

बुटवल मण्डपमा निर्माणाधिन आधुनिक प्रदर्शनी स्थलमा नयाँ व्यवस्थापन र संरचनामा पहिलो पटक गर्न लागेको प्रर्दशनीमा हालसम्म आयोजना भएका प्रदर्शनी भन्दा धेरै भिन्न हुने आयोजकको दाबी छ ।

 

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ६ : १२ बजे

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय