१ भदौ २०८३, सोमबार | August 18, 2026

राजविराजमा जगन्नाथ रथयात्रा


३ पुस २०७९, आइतबार  

221
Shares

राजविराज । शान्ति र मानव कल्याणको कामना गर्दै सप्तरीको राजविराजमा शनिबार जगन्नाथ रथयात्रा निकालिएको छ । राजविराज नगरपालिका-७ स्थित लक्ष्मीनारायण राधाकृष्ण मन्दिरमा तीन दिनको भजनकीर्तन र कथा वाचनपश्चात रथयात्रा निकालिएको हो ।

रथयात्रामा प्राचार्यका साथै श्रद्धालु-भक्तले भजनकीर्तन गर्दै नगर परिक्रमा गरेका थिए । राधाकृष्ण मन्दिरबाट निकालिएको रथयात्रामा राखिएको भगवान् विष्णुको आठौं अवतार मानिने श्रीकृष्ण, उनका दाजु बलभद्र र बहिनी शुभद्राको मूर्ति दर्शन गर्न र रथको डोरी तान्न श्रद्धालुहरूको भीड लागेको थियो ।

रथायात्राका लागि धरान र विराटनगरको एस्कोन, श्री राधा-कृष्ण भक्तिभावना अमृत सङ्घलगायत आध्यात्मिक संस्थाको सहकार्य रहेको थियो । रथयात्रामा सहभागीलाई राजविराजका स्थानीय व्यापारी एवं समाजसेवीले फलफूल, पानी र जुस वितरण गरेका थिए ।

उडिसाको पुरीमा रहेको जगन्नाथ मन्दिर भारतको चारधाममध्ये एक धाम हो । रथयात्रामा सामेल हुनेलाई सय यज्ञ गरे समान फल मिल्ने र मोक्ष प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।

कृष्ण भक्तिका लागि प्रचार–प्रसार गर्ने एस्कोन कृष्णको भक्ति गर्ने विश्वकै सबैभन्दा ठूलो सङ्गठन रहेको स्थानीय शैलेसमोहन झाले बताए । एस्कोन मन्दिरको स्थापना श्रीमूर्ति श्री अभय चराणबिन्द भक्ति बेदान्तर स्वामी प्रभुपादजी सन् १९६६ मा न्यूयोर्क सहरमा गरेका थिए । एस्कोनले विश्वमा गीता र हिन्दू धर्म एवं हिन्दू संस्कृतिको प्रचार–प्रसार गरिरहेको जनाइएको छ ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ७ : ५३ बजे

उद्योग वाणिज्य संघ निर्वाचन : दलनिकट व्यवसायीको संयुक्त प्यानल

नेपालगन्ज । लामो समयदेखि दलगत छुट्टाछुट्टै प्यानल बनाएर निर्वाचन लड्ने

माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा कल्याण विक्रम पाँडे नियुक्त

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा

कांग्रेस बैठक सम्पन्न, मङ्गलबार निर्णय सार्वजनिक गरिने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको गत साउन २४ गतेदेखि

पत्रकार किशोर श्रेष्ठलाई थुनामुक्त गर्न सर्वोच्चको परमादेश (पूर्णपाठसहित)

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक

बागमतीमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान

हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ सरकार