१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

फिफा विश्वकप फुटबल-२०२२ : फाइनल भिडन्त आज, उपाधिको खोजीमा फ्रान्स र अर्जेन्टिना



काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ को फाइनल खेलमा उपाधिका लागि आज साविक विजेता फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुँदै छ ।

कतारको सबैभन्दा ठूलो लुसैल रंगशालामा हुने फाइनल खेल नेपाली समयअनुसार राति ८:४५ बजेदेखि सुरु हुनेछ ।

यो रंगशालाको दर्शक क्षमता करिब ८९ हजार छ । फ्रान्स र अर्जेन्टिना दुवै टिम तेस्रोपटक विश्वकपको उपाधि जित्ने लक्ष्यमा छन् ।

फाइनल प्रवेशका क्रममा फ्रान्सले मोरक्कोलाई २-० ले र अर्जेन्टिनाले साविक उपविजेता क्रोएसियालाई ३-० ले पराजित गरेका थिए ।

विश्वकपको इतिहासमा अर्जेन्टिना छैटौँपटक फाइनलमा प्रवेश गरेको हो । अर्जेन्टिना यसअघि १९३०, १९७८, १९८६, १९९० र २०१४ मा भएको विश्वकपको फाइनलमा प्रवेश गरेको थियो । यसमध्ये अर्जेन्टिनाले १९७८ र १९८६ को संस्करणको उपाधि जितेको थियो ।

यता फ्रान्स भने चौथोपटक विश्वकपको फाइनलमा पुगेको हो । फ्रान्सले यसअघि १९९८, २००६ र २०१८ को विश्वकप फाइनल खेलेको थियो । यसमध्ये फ्रान्सले १९९८ र २०१८ संस्करणको उपाधि जितेको थियो ।

फ्रान्सले रूसमा भएको विश्वकपको पछिल्लो संस्करणमा क्रोएसियालाई ४-२ ले हराउँदै उपाधि जितेको थियो ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ८ : २२ बजे

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि आवेदन खुला

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्ड (सेबोन)को रिक्त अध्यक्ष

आजदेखि नयाँ शैक्षिकसत्र सुरु

काठमाडौं । आजदेखि नयाँ शैक्षिकसत्रको औपचारिक थालनी हुँदैछ । सरकारको

‘डिप ट्युबवेल’ जडानसँगै सिँचाइको असुविधा हट्यो

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिका-१० प्रगतिटोलमा सिँचाइ सुविधा पुगेपछि स्थानीय

खड्का समूहको बैठक आज, कांग्रेसभित्रको आन्तरिक रणनीतिमा छलफल

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज

दाङमा लाटोकोसेरो तथा हुचिल उत्सव हुने

दाङ । दाङको लमहीमा लाटोकोसेरो तथा हुचिल उत्सव हुने भएको