२२ मंसिर २०८२, सोमबार | December 8, 2025

फिफा विश्वकप फुटबल-२०२२ : फाइनल भिडन्त आज, उपाधिको खोजीमा फ्रान्स र अर्जेन्टिना



काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ को फाइनल खेलमा उपाधिका लागि आज साविक विजेता फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुँदै छ ।

कतारको सबैभन्दा ठूलो लुसैल रंगशालामा हुने फाइनल खेल नेपाली समयअनुसार राति ८:४५ बजेदेखि सुरु हुनेछ ।

यो रंगशालाको दर्शक क्षमता करिब ८९ हजार छ । फ्रान्स र अर्जेन्टिना दुवै टिम तेस्रोपटक विश्वकपको उपाधि जित्ने लक्ष्यमा छन् ।

फाइनल प्रवेशका क्रममा फ्रान्सले मोरक्कोलाई २-० ले र अर्जेन्टिनाले साविक उपविजेता क्रोएसियालाई ३-० ले पराजित गरेका थिए ।

विश्वकपको इतिहासमा अर्जेन्टिना छैटौँपटक फाइनलमा प्रवेश गरेको हो । अर्जेन्टिना यसअघि १९३०, १९७८, १९८६, १९९० र २०१४ मा भएको विश्वकपको फाइनलमा प्रवेश गरेको थियो । यसमध्ये अर्जेन्टिनाले १९७८ र १९८६ को संस्करणको उपाधि जितेको थियो ।

यता फ्रान्स भने चौथोपटक विश्वकपको फाइनलमा पुगेको हो । फ्रान्सले यसअघि १९९८, २००६ र २०१८ को विश्वकप फाइनल खेलेको थियो । यसमध्ये फ्रान्सले १९९८ र २०१८ संस्करणको उपाधि जितेको थियो ।

फ्रान्सले रूसमा भएको विश्वकपको पछिल्लो संस्करणमा क्रोएसियालाई ४-२ ले हराउँदै उपाधि जितेको थियो ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ८ : २२ बजे

एमाले महाधिवेशनको तयारी तीव्र

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ महाधिवेशनको उद्घाटनस्थल भक्तपुरको

फरक मतमाथि असहिष्णु नबन्न पार्टी संस्थापन पक्षलाई ईश्वर पोखरेलले गराए सचेत (अवधारणापत्र)

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले फरक मत

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन प्रचण्डसमक्ष आग्रह

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्वासी

भानुभक्तका पाण्डुुलिपिको संरक्षणसँगै जन्मस्थलको विकासको चासो

पोखरा । “भर् जन्म घाँस तिर मन् दिई धन कमायो

लुम्बिनी ईटा संघमा पदस्थापन, सस्थागत सदृढिकरणमा जोड

भैरहवा । लुम्बिनी ईटा उद्योग व्यवसायि संघमा निर्वाचित नयाँ कार्यसमितिलाई