७ आश्विन २०८३, बुधबार | September 23, 2026

आन्दोलनको सहारामा महोत्तरीका विद्यार्थीले पाए विषयगत शिक्षक 



महोत्तरी । गौशाला नगरपालिकाको नवराजपुरस्थित राष्ट्रिय माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले गत १८ मंसिरमा पढाइ नभएको भन्दै आन्दोलनमा उत्रिए । पटक–पटक नगरपालिकालाई ध्यानाकर्षण गराउँदा पनि विषयगत शिक्षक नपठाएपछि उक्त विद्यालयका कक्षा ८, ९ र १० मा  मा अध्ययनरत विद्यार्थीहरूले प्रदर्शन गरे । विद्यालयअगाडि नै उनीहरू टायर बालेर प्रदर्शनमा उत्रिए ।

‘विषयगत शिक्षकको माग गरेर हामीले आन्दोलन ग-यौँ,’ कक्षा–९ मा अध्ययनरत दीपककुमार महतोले भने ।विद्यार्थीको आन्दोलनपछि गौशाल नगरपालिका प्रमुख डा. दीपेन्द्र महतोले रातारात शिक्षक नियुक्ति गरेर नवराजपुरस्थित श्री माध्यामिक विद्यालयमा पठाए ।

‘लोकतन्त्रमा आफ्नो अधिकारको लागि आन्दोलनसमेत गर्न सकिन्छ भन्ने थाहा थियो । तर, माग पूरा हुन्छ भन्ने विश्वास थिएन । आन्दोलनको यत्रो शक्ति हुन्छ भन्ने बल्ल थाहा पायौं,’  महतोले थपे ।

शिक्षकको अभावमा पठनपाठनमा समस्या थियो ।  अतिरिक्त कक्षा नलिए परीक्षासम्म कोर्स सकिने अवस्था नरहेको विद्यार्थीहरू बताउँछन् । विषयगत शिक्षक आएसँगै पठनपाठनले गति लिएको छ ।

कक्षा–१० मा अध्ययनरत अनिलकुमार महतो पाँच महिनादेखि अध्यापन नै नभएका विषयहरू अहिले पढाउन थालिएको बताउँछन् । ‘शैक्षिकसत्रको सुरुवातदेखि पढाइ नभएपछि   विद्यालय प्रशासन र नगर शिक्षा शाखाको ध्यानाकर्षण गरायौँ । तर, सुनुवाइ भएन,’ उनले भने, त्यसपछि विद्यार्थी प्रदर्शनमा उत्रिएपछि नगरपालिकाले विषयगत शिक्षक पठाएको छ । अहिले पढाइ भइरहेको छ ।’

गणित, सामाजिक, विज्ञानजस्ता विषयहरू नै पढाइ नभएपछि यस विद्यालयमा अध्ययनरत कक्षा–८, ९ र १० का विद्यार्थीहरू विशेषगरी मर्कामा परेका थिए ।

यस विद्यालयमा ६०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।  शैक्षिक प्रावधानअनुसार ५० विद्यार्थी बराबर एक शिक्षक आवश्यक पर्छ । तर, यहाँ जम्मा ५ जना मात्र शिक्षक थिए ।  विद्यार्थीहरूको दवावपछी अहिले चारजना शिक्षक थपिएका छन् ।

 

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  १२ : २२ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई