२२ मंसिर २०८२, सोमबार | December 8, 2025

विश्वकप फुटबल-२०२२ को फाइनल : फ्रान्सका राष्ट्रपति म्याक्रोँ कतारमा, अर्जेन्टिनाका फर्नान्डिज नजाने



अर्जेन्टिना । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले सन् २०२२ को फिफा विश्वकप फुटबलको फाइनल खेल हेरेर खेलाडी र शुभचिन्तकलाई साथ दिन आइतबार कतारमा जाने बताएका छन ।

अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेजले भने फाइनल खेल हेर्नका लागि कतार नजाने बताएका छन ।

आइतबार अर्जेन्टिनाले प्रतियोगितामा पहिलो स्थानका लागि फ्रान्ससँग खेल्नेछ । उनले भने, “लाखौं देशवासी जस्तै म पनि घरेलु मैदानमा विश्वकप फाइनलको मजा लिनेछु । म यो अद्भुत क्षणलाई पहिलेजस्तै मेरा मानिसहरूसँग मिलेर बाँच्नेछु । हाम्रा उत्कृष्ट खेलाडी मैदानमा हुनेछन् र गौरवशाली फ्यानहरु स्ट्यान्डमा हुनेछन्,’ फर्नान्डिजले ट्वीटरमा लेखेका छन् ।

कतारको खलिफा रङ्गशालामा शनिबार भएको तेस्रो स्थानका लागि भएको प्लेअफमा मोरक्कोलाई २-१ गोलअन्तरले पराजित गर्दै क्रोएसियाले विश्वकप फाइनल खेलमा तेस्रो स्थान जित्न सफल भएको छ ।

रिपोर्टका अनुसार डिफेन्डिङ च्याम्पियन फ्रान्सका केही खोलाडी कोरोना भाइरसबाट प्रभावित भएको छन्, जसका कारण टोलीका प्रारम्भिक ‘सेन्टर ब्याक’ जोडीले आइतबार अर्जेन्टिनाविरुद्धको विश्वकप फाइनल खेल्न पाउने छैनन् ।

इएसपीएनका अनुसार राफेल भारानमा कोरोना भाइरसको हल्का लक्षण देखिएको छ भने डिफेन्डर इब्राहिमा कोनाटे बिरामी भएपछि कोठाबाट बाहिर निस्किएका छैनन् ।

वाराने र कोनाटेसहित पाँच फ्रान्सेली खेलाडीले अर्जेन्टिनाविरुद्ध विश्वकप फाइनलको दुई दिनअघि भएको प्रशिक्षणमा सहभागी हुन सकेका थिएनन् । डेयोट उपमेकानो, एड्रिएन राबिओट र किङ्स्ले कोमान हप्ताको सुरुमा बिरामी परेको र शुक्रबारको अभ्यास गर्न सकेका थिएनन् ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  २ : ५६ बजे

एमाले महाधिवेशनको तयारी तीव्र

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ महाधिवेशनको उद्घाटनस्थल भक्तपुरको

फरक मतमाथि असहिष्णु नबन्न पार्टी संस्थापन पक्षलाई ईश्वर पोखरेलले गराए सचेत (अवधारणापत्र)

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले फरक मत

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन प्रचण्डसमक्ष आग्रह

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्वासी

भानुभक्तका पाण्डुुलिपिको संरक्षणसँगै जन्मस्थलको विकासको चासो

पोखरा । “भर् जन्म घाँस तिर मन् दिई धन कमायो

लुम्बिनी ईटा संघमा पदस्थापन, सस्थागत सदृढिकरणमा जोड

भैरहवा । लुम्बिनी ईटा उद्योग व्यवसायि संघमा निर्वाचित नयाँ कार्यसमितिलाई