१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

‘दृश्यम ३’ को तयारी सुरु, फिल्मको बजेट अघिल्ला सिरिजभन्दा बढी हुने



मुम्बई । फिल्म ‘दृश्यम’ र ‘दृश्यम २’को सफलतापछि यो फिल्मको तेस्रो भाग बनाउने तयारीमा निर्माण पक्ष जुटेका छन् । फिल्मको पहिलो भाग सन् २०१५ मा रिलिज भएको थियो । जबकि यसको दोस्रो भाग दर्शकमाझ आउन सात वर्ष बढी समय लागेको थियो ।

फिल्म ‘दृश्यम २’ हालसम्म बक्स अफिसमा दुई सय २० करोड रुपैंयाँ कलेक्सन गरिसकेको छ । यो फिल्म अझै पनि कैयौं थिएटरमा प्रदर्शनरत छ ।

फिल्मका निर्माता तथा निर्देशक अभिषेक पाठकले तेस्रो भागका लागि पहिलो चरणको स्क्रिप्टको काम सुरु भइसकेको बताए । उनका अनुसार पहिलाको जस्तै त्यही टिमले तेस्रो भागको स्क्रिप्टको काम गरिरहेको छ । उनले सन् २०२४ सम्ममा थिएटरमा फिल्म आउने खुलाए । ‘दृश्यम २ ले यति राम्रो ओपनिङ गर्छ भन्ने हामीले सोचेका थिएनौं । फिल्म यति हिट भयो । तेस्रो भागमा दुई भागभन्दा बढी दर्शक आउन भन्ने अपेक्षाका साथ हामी काम गरिरहेका छौं’, उनले भने ।

उनले तेस्रो भागमा दोस्रो भागका कलाकार सँगै केही नयाँ कलाकार जोडिने खुलाए । फिल्मको बजेट पनि अघिल्ला दुई फिल्मको भन्दा बढी नै हुनेछ । ‘दृश्यम’को निर्देशन अभिषेक पाठकले गरेका थिए ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ३ : १७ बजे

सिक्टा सिँचाइ आयोजनाद्वारा उपभोक्ता किसानको लगत सङ्कलन

नेपालगन्ज । निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिञ्चित क्षेत्रका

अम्बे स्टिल कम्पनीमा पुनः आगलागी, ८ मजदुर घाइते, २ जनाको अवस्था गम्भीर

नेपालगन्ज । अघिल्लो पटक आगलागी भएको १० औ दिनमा बाँकेको

बाढीपहिरोबाट म्याग्दी मङ्गलाका १६६ परिवार प्रभावित

म्याग्दी । बाढीपहिरोबाट मङ्गला गाउँपालिकामा १६६ घरपरिवार प्रभावित भएका छन्

तोलामा ८ हजार ३ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको कति ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा एकै दिन ठूलो गिरावट

रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका