३ श्रावण २०८३, आइतबार | July 20, 2026

‘दृश्यम ३’ को तयारी सुरु, फिल्मको बजेट अघिल्ला सिरिजभन्दा बढी हुने



मुम्बई । फिल्म ‘दृश्यम’ र ‘दृश्यम २’को सफलतापछि यो फिल्मको तेस्रो भाग बनाउने तयारीमा निर्माण पक्ष जुटेका छन् । फिल्मको पहिलो भाग सन् २०१५ मा रिलिज भएको थियो । जबकि यसको दोस्रो भाग दर्शकमाझ आउन सात वर्ष बढी समय लागेको थियो ।

फिल्म ‘दृश्यम २’ हालसम्म बक्स अफिसमा दुई सय २० करोड रुपैंयाँ कलेक्सन गरिसकेको छ । यो फिल्म अझै पनि कैयौं थिएटरमा प्रदर्शनरत छ ।

फिल्मका निर्माता तथा निर्देशक अभिषेक पाठकले तेस्रो भागका लागि पहिलो चरणको स्क्रिप्टको काम सुरु भइसकेको बताए । उनका अनुसार पहिलाको जस्तै त्यही टिमले तेस्रो भागको स्क्रिप्टको काम गरिरहेको छ । उनले सन् २०२४ सम्ममा थिएटरमा फिल्म आउने खुलाए । ‘दृश्यम २ ले यति राम्रो ओपनिङ गर्छ भन्ने हामीले सोचेका थिएनौं । फिल्म यति हिट भयो । तेस्रो भागमा दुई भागभन्दा बढी दर्शक आउन भन्ने अपेक्षाका साथ हामी काम गरिरहेका छौं’, उनले भने ।

उनले तेस्रो भागमा दोस्रो भागका कलाकार सँगै केही नयाँ कलाकार जोडिने खुलाए । फिल्मको बजेट पनि अघिल्ला दुई फिल्मको भन्दा बढी नै हुनेछ । ‘दृश्यम’को निर्देशन अभिषेक पाठकले गरेका थिए ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ३ : १७ बजे

अनलाइन सट्टेबाजी गरेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । प्रहरीले अनलाइन सट्टेबाजी गरेको अभियोगमा काठमाडौँबाट चार जनालाई

पशुपतिनाथमा साउने सोमबारमा दर्शनार्थीलाई सहजै दर्शनको व्यवस्था

काठमाडौँ । साउने सोमबारको अवसरमा पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनको

बाँकेमा विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन : पहिलो दिनमै १९ थान बेवारिसे मिटर फेला

नेपालगन्ज । नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले बाँकेमा विद्युत्

झिमरुक खोलामा एक पुरुषको शव फेला

प्यूठान । प्यूठानको ऐरावती गाउँपालिका-५ पकलास्थित झिमरुक खोलामा एक जनाको

राति १० बजेपछि नारायणगढ-मुग्लिन सडकमा सवारी आवागमन बन्द

चितवन । स्थानीय प्रशासनले नारायणगढ-मुग्लिन सडक र चितवनतर्फको पृथ्वी राजमार्ग