२१ माघ २०८२, बुधबार | February 4, 2026

नारायणघाट-बुटवल सडक विस्तारको क्रममा काटिएका सामुदायिक वनका काठ कुहिन थाले



बुटवल । पूर्व–पश्चिम राजमार्गको नारायणघाट बुटवल सडक विस्तारको क्रममा पूर्वी नवलपरासीको सामुदायिक वनमा काटिएका काठ दाउरा कुहिदै जान लागेका छन् ।

सडक विस्तारको क्रममा जिल्लाको मध्यवर्ती क्षेत्रमा पर्ने सामुदायिक वनका तीन हजार आठ सय ३१ वटा रुख काटेर सम्बन्धित वनको घाटगददीमा राखिएका काठ दाउरा कुहिन लागेका छन् ।

जिल्लाको सिख्रौली, शिसवार, लामिचौर उपभोक्ता समिति अन्तर्गतका पाँचवटा मध्यवर्ती वनमा करिब तीन वर्ष अगाडि ठूलो मात्रामा काठ दाउरा काटेर राखिएको छ । सामुदायिक वन समितिले उपभोक्तालाई वितरण गर्न नपाउँदा कुहिएर काम नलाग्ने अवस्थामा पुगेको कावासोती १२ स्थित राजरत्न सामुदायिक वनका अध्यक्ष विष्णु लम्सालले बताए । “सडक निर्माण कम्पनी या चितवन राष्ट्रिय निकुन्ज कस्को कारणले रोकिएको हामीलाई जानकारी छैन, वनमा काठ कुहिएर काम नलाग्ने अवस्थामा छन”, लम्सालले भने ।

नारायणघाट बुटवल सडक आयोजना विस्तार गर्ने क्रममा काठ र दाउरा आफुहरुले सम्बन्धित सामुदायिक वनमा घाटगददीमा सुरक्षा गार्डको निगरानीमा राखिएको भएपनि चितवन राष्ट्रिय निकुन्जले आवश्यक प्रक्रिया ढिलो गरेका कारणले काठ र दाउरा सामुदायिक वनका उपभोक्ताले पाउन नसकेको सडक आयोजना कावासोती कार्यालयका प्रोजेक्ट म्यानेजर राकेश झाले बताए ।

सडक आयोजना विस्तारको क्रममा निमार्ण कम्पनी, चितवन राष्ट्रिय निकुन्ज र उपभोक्ता समिति सहितको बैठकले रुख काटी निस्किएका काठ र दाउरा सम्बन्धित सामुदायिक वनलाई दिने गरी सहमति भएको लामिचौर उपभोक्ता समितिका अध्यक्ष वासुदेव पौडलले बताए ।

केही प्रक्रियागत कुराले रोकिएको र छिट्टै उपभोक्ताले पाउने गरी वितरण हुने निकुन्ज कार्यालयबाट आफूले जाकारी पाएको पौडेलले बताए । रुख काटेर घाटगददी गरिएलगत्तै कोरोना कहर सुरु भएको हुँदा त्यो बेला वितरणको काम रोकिएको चितवन राष्ट्रिय निकुन्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए । उनले काठ दाउराको पुनः लगत सङ्कलनको काम सुरु गरिएको जानकारी दिए ।

निमार्ण कम्पनीले घाटगददी गर्दा आवश्यक मापदण्ड नअपनाएको र त्यो बेला काठ दाउरामा लगाइएका सङ्केत मेटिएकाले फेरि लगत सङ्कलन गरिएको उनको भनाइ थियो ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ४ : ५३ बजे

विसं २०८३ को पात्रो (पञ्चाङ्ग) फागुन २ गतेदेखि बजारमा आउने

काठमाडौं । विसं २०८३ को पात्रो (पञ्चाङ्ग) आगामी फागुन २

‘सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धन’ काठमाडौं-८ का उम्मेदवारको मुख्य मुद्दा

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौं निर्वाचन क्षेत्र

अस्थायी मतदाताका निम्ति बाँकेमा तीन केन्द्र

नेपालगन्ज । जिल्ला निर्वाचन कार्यालयले अस्थायी मतदाताका लागि तीन मतदान

सुनचाँदीको मूल्य फेरि बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य फेरि बढेको छ

भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

बैतडी । बैतडीमा एक जना निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्युु