१८ असार २०८३, बिहिबार | July 2, 2026

सांग्रिला विकास बैंकले अपग्रेड गर्यो मोबाईल एप, सबै माध्यमबाट सहजै प्रयोग गर्न सकिने



काठमाडौ । सांग्रिला विकास बैंकले हालै आफ्नो मोबाईल बैकिङ्ग एप सांग्रिला स्मार्टलाई अपग्रेड गरेको छ ।

नयाँ एप्लीकेशन नेपालको अग्रणी फिनटेक कम्पनी एफवान सफ्ट इन्टरनेशनल निर्माण गरेको छ , जुन बैंक एक्स्पी आर्किटेक्चरमा आधारित रहेको छ ।
सांग्रिला स्मार्ट डिजिटल बैंकिङ्गको लागि ओम्निच्यानल दृष्टिकोणमा आधारित रहेको छ र यसले ग्राहकलाई उनीहरुको मोबाईल र वेब उपकरणबाट सहजै एप्लिकेशन प्रयोग गर्न समान प्रमाणहरु तथा पासवर्डहरु प्रयोग गर्न अनुमति दिने भएको छ ।

नयाँ एप्लिकेशनमा बिल भुक्तानी, चेक बुक अनुरोध,सेल्फ पासवर्ड/पिन रिसेट, माध्यमहरुको अन्तरसञ्चालन जस्ता थुप्रै सुविधाहरु रहेका छन् ।

नयाँ एप्लीकेशनको अपग्रेडबारे सांग्रिला बैंकका प्रमुख अपरेटिङ अफिसर अपूर्व प्रसाद जोशीले भने,‘सांग्रिला विकास बैंकले डिजिटल बैंकलाई सधै प्रवद्र्धन गर्दै आएको छ । हामी अबको भविष्य डिजिटल भविष्यको बाटो हो भन्ने विश्वास गर्छौँ र हाम्रो एपको नविनतम संस्करणको सुरूवातसँगै प्रयोगकर्ताले एपबाटै स्धिै विभिन्न प्रकारका बैंकिङ्ग सेवाहरू प्राप्त गर्न सक्नेछन् ।

उनले भने ‘नयाँ एपको अनुप्रयोगमा धेरै नयाँ सुविधाहरू छन्, जुन धेरै यन्त्र तथा माध्यमबाट प्रयोग गर्न सकिन्छ । जसले हाम्राग्राहकलाई उपलब्ध उत्कृष्ट डिजिटल बैकिङ्ग अनुभव प्राप्त गर्न सजिलो बनाउँछ ।

सांग्रिला विकास बैंक लिमिटेड केहि नविन र उत्प्ररित उद्यमी सोच भएका व्यक्तिहरुको सपनाको परियोजना हो । यो नेपाल राष्ट्रबैंकबाट अनुमति प्राप्त ख वर्गको बैंकका रुपमा सञ्चालनमा छ । यो बैंक विकास बैंकहरूमा अग्रणी स्थानमा रहँदै आएको छ । सांग्रिला स्मार्ट प्ले स्टोर र एप स्टोरबाट सहजै डाउनलोड गर्न सकिन्छ ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ५ : ३० बजे

सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

कर्णाली बस दुर्घटनाप्रति प्रचण्डबाट दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

प्रतिनिधिसभाबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक,

पत्रकार र व्यवसायीबीचको फुटसल प्रतियोगिता बराबरीमा सम्पन्न

नेपालगन्ज । नेपालगन्जमा व्यवसायी र पत्रकारका बीचमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता

विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानमा रहेका नेकपा एमालेका