१७ बैशाख २०८२, बुधबार | April 30, 2025

महानिर्देशकको कार्यालयमै पुगेर बुटवलका मेयरले गरे सडक विभागप्रति खेद व्यक्त



बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलभित्रका सडक निर्माणलाई तीब्रता दिन सडक विभागको पुनः ध्यानाकर्षण गराएका छन् ।

नगरप्रमुख पाण्डेयले सडक विभागका महानिर्देशक अर्जुनजंग थापासँग विभागको काठमाडौंस्थित कार्यालयमै भेटेर बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक निर्माणमा भएको ढिलासुस्ती र लापरबाहीबारे ध्यानाकर्षण गराए ।

पटक पटक सहजीकरण र समन्वय गर्दापनि सडक निर्माणमा तीब्रता नदेखिएकाले बुटवलबासीको तर्फबाट प्रमुख पाण्डेले सडक विभागसामु खेद समेत व्यक्त गरेका थिए । प्रमुख पाण्डेयले योगीकुटीदेखि चिडियाखोलासम्म आठ वटा स्थानमा ट्राफिक व्यवस्थापनका लागि ट्राफिक लाईट राख्नुपर्ने भएकाले त्यसमा सहयोग र सहजीकरण गर्न विभागका महानिर्देशक थापालाई आग्रह गरे । उनले सडक निर्माणसँग सडकको सौन्दर्यीकरणका बारेमा समेत चासो दिनका लागि थापालाई सुझाव दिए ।

भेटघाटका क्रममा महानिर्देशक थापाले सडक निर्माणका क्रममा देखिएका समस्या समाधान गर्न विभाग प्रतिबद्ध रहेको बताएका थिए । उनले निर्माण कम्पनीलाई छिटो काम सक्न ताकेता गरिरहेको बताउँदै छिटै निर्माण सम्पन्न हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ५ : ३७ बजे

लुलाङ-गुर्जा सडक : भालुखोरिया खण्डमा ट्रयाक खुल्यो

म्याग्दी । लुलाङ-गुर्जा सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका-१ गुर्जा जोड्ने सडकको

प्रचण्डले गरे पुनर्वासका सहिद परिवारलाई सम्मान

कञ्चनपुर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

आगामी बजेटमार्फत जनतालाई राहत दिनुपर्छ : हितराज पाण्डे

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज

१८ औं मनमोहन स्मृति वडा स्तरीय फुटबल प्रतियोगिता बुटवलमा भोलीबाट सुरु

बुटवल । १८ औं संस्करणको मनमोहन स्मृति वडा स्तरीय नकआउट

जनमत र नागरिक उन्मुक्तिबीच आज एकता हुँदै, पार्टीको नाम ‘नाजपा’ रहने

काठमाडौं। जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी बीच आज पार्टी